२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टमाटाकै प्रशिक्षणमा नेपालले बंगलादेशमा यू–१९ विश्वकप खेलेको थियो

२०७९, १९ फाल्गुन शुक्रबार ०३:५८

फागुन १९, काठमाडौं । नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा छनोट भएको छ । नेपाली टोलीको मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा सन् २०१६ नेपालले पछिल्लो बंगलादेशमा यू–१९ विश्वकप खेलेको थियो । त्यसबेला नेपाल समूह चरण पार गर्दै क्वाटरफाइनलसम्म पुगेको थियो । यो पटक पनि टमाटाकै प्रशिक्षणमा नेपाल यू–१९ विश्वकपमा छनोट भएको हो ।


Photo Credit : Dev Khanal/Instagram

बिहिबार भएको युएई बिरुद्धको खेलमा आफ्नो प्रशिक्षणमा रहेको टोलीले उत्कृष्ट बलिङ र फिल्डिङको मद्धतले युएई विरुद्ध जित सम्भव भएको प्रशिक्षक टमाटाले प्रतिक्रिया दिएका छन् ।

यू–१९ विश्वकपको एसिया छनोटमा बिहीबार घरेलु टोली युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट भयो ।

नेपालले एसिया छनोटको सबै खेल जितेर अपराजित हुँदै च्याम्पियन समेत बन्यो । नेपालका मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले आईसीसीसँग भनेका छन्, ‘हामीले आफ्नो इनिङ्स समाप्त गर्दा बीस रन कम भएजस्तो लाग्यो, तर उत्कृष्ट बलिङ र फिल्डिङका कारण हामीले यो खेलमा पुनरागमन गर्यौं ।’

प्रशिक्षक टमाटाले युएई विरुद्धको जितले छनोट प्रतियोगिता सफल भएको बताएका छन् । युएई विरुद्ध जितबाट टाढिएको अवस्थामा लेफ्ट आर्म स्पीनर दिपेश कँडेलले लगातार तीन बलमा विकेट लिएपछि नेपालले युएईलाई ४८ ओभरमा १८४ रनमै अलआउट गर्न सफल भई १९१ रनको स्कोर रक्षा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई