फागुन १९, काठमाडौँ | शुरूमा विकेट लिन संघर्ष गरेको नेपाल पीएनजीविरुद्ध दबाब बनाउन सफल भएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले सात विकेट लिइसकेको छ ।
यो समाचार तयार पार्दासम्म पीएनजीले ४५ औं ओभरमा ७ विकेट गुमाएर १५४ रन जोडेको छ ।
पीएनजीका काड सोपर ९ रन बनाएर आउट भए । उनलाई दिपेन्द्र सिंह ऐरीले आफ्नै बलमा रन आउट गराए ।
दिपेन्द्रले नै ४४ औं ओभरको पहिलो बलमा नेपालका लागि सातौं विकेट लिएका थिए । उनले हरी हरीलाई ३१ रनमा क्याच आउट गराए ।