फागुन १९, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
जारी खेलमा आसिफले ९१ बलमा रन ५३ बनाएका हुन् ।
यो समाचार तयार पार्दासम्म १८० रनको विजयी लक्ष्य पाएको नेपालले ३३.३ ओभरको समाप्तिमा ११६ रन बनाएको छ ।
नेपालले सात विकेट गुमाइसकेको छ ।