2026-09-21 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

फागुन २२, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय गर्दै घरेलु टिमलाई फिल्डिङको निम्तो दिए । यूएईविरुद्ध नेपाली टिममा प्लेइङ–११ मा एक खेलाडी परिवर्तन भएको छ ।

नेपाली टिमका ओपनर कुशल भुर्तेलको स्थानमा प्रतिश जिसीले टिममा स्थान बनाएका छन् । कुशलको ‘ग्रोइन’ मा समस्या देखिएपछि प्रतिशले उनको स्थान लिएका हुन् ।

नेपालसँगै, यूएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित शृंखलाको यो अन्तिम खेल हो । यसअघि नेपाल यूएईविरुद्धको पहिलो खेलमा ६८ रनले पराजित भएको थियो । तथापि, जारी शृङ्खलामा नेपालले पीएनजीविरुद्ध भने दुवै खेल जितेको थियो ।

नेपाली टिम:

ज्ञानेन्द्र मल्ल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, प्रतिश जि।सी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो