फागुन २२, काठमाडौं | आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगकाे खेलमा नेपालले १ सय ८० रन पूरा गरेकाे छ ।
भीम सार्की ९९ बलमा ७० रन पूरा गरेर आउट भए । ४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका सार्कीले ७८ बलमा अर्धशतक पूरा गरेर नेपाली ब्याटिंगलाई राहत दिलाएका हुन् ।
नेपालले ६८ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा भीम सार्की र सन्दीप लामिछानेले छैटाैँ रनकाे साझेदारी गरेका थिए । नेपालले १ सय २४ रन बनाउँदा ६ विकेट गुमाएकाे अवस्थामा सन्दीप २७ रन बनाएर आउट भए । अहिले क्रिजमा करन र आरिफ शेख छन् । याे समाचार तयार पार्दासम्म नेपालले ४५ ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनाएकाे छ ।
याे खेलमा मध्य क्रमका ब्याटर भीम सार्कीले पहिलाे बनाएका हुन् । एकदिवसीयमा उनकाे याे पहिलाे अर्धशतक हाे ।