७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल-यूएई क्रिकेट : युएईको ३३ ओभरमा ३ विकेट गुमाएर १४१ रन

२२ फाल्गुन २०७९, सोमबार १२:०७

फागुन २२, काठमाडौं | विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको युएईले तेस्रोविकेट गुमाएको छ। आसिफ सेखले ३० औं ओभरमा भृत्या अर्विन्दलाई १३ रनमा आउट गरेका हुन् । यो समाचार तयार गर्दासम्म यूएईले ३३ ओभरमा तिन विकेट गुमाएर १४१ रन जोडेको छ ।

रन नजोड्दै पहिलो विकेट गुमाएको युएईले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गर्यो। युएईका लागि आर्यन लक्राले ५० रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। उनलाई दिपेन्द्र सिंह ऐरीले आउट गरेका थिए।  नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिएका छन।

जारी अन्तिम खेलमा नेपालले निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २२९ रनको स्कोर तयार गरेको छ। पछिल्ला क्रमका ब्याटर समालिएपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य तयार गर्न सफल भयो।

नेपालका लागि भिम सार्कीले ७० रनको अर्धशतकीय इनिङ खेल्दै संकटपूर्ण अवस्थाबाट नेपाली इनिङलाई उकासेका थिए। त्यस्तै आरिफ शेखले ४३ रनको अविजित इनिङ खेल्दा सन्दिप लामिछानेले २७ रन बनाएर आउट भएका थिए। त्यस्तै करण केसी १७ रनमा आउट हुँदा प्रतिश जिसी ११ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित)