2026-09-21 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईविरुद्द नेपाललाई पाँचौ सफलता

फागुन २२, काठमाडौं | विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको युएईले पाँचौ विकेट गुमाएको छ। 

यो समाचार तयार गर्दासम्म यूएईले ३६ औं ओभरमा ५ विकेट गुमाएर १५४ रन जोडेको छ ।

रन नजोड्दै पहिलो विकेट गुमाएको युएईले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गर्यो। युएईका लागि आर्यन लक्राले ५० रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। उनलाई दिपेन्द्र सिंह ऐरीले आउट गरेका थिए।  नेपालका लागि सोमपाल कामीले २, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने र आसिफ सेखले समान १–१ विकेट लिएका छन।

जारी अन्तिम खेलमा नेपालले निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २२९ रनको स्कोर तयार गरेको छ। पछिल्ला क्रमका ब्याटर समालिएपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य तयार गर्न सफल भयो।

नेपालका लागि भिम सार्कीले ७० रनको अर्धशतकीय इनिङ खेल्दै संकटपूर्ण अवस्थाबाट नेपाली इनिङलाई उकासेका थिए। त्यस्तै आरिफ शेखले ४३ रनको अविजित इनिङ खेल्दा सन्दिप लामिछानेले २७ रन बनाएर आउट भएका थिए। त्यस्तै करण केसी १७ रनमा आउट हुँदा प्रतिश जिसी ११ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो