2026-09-21 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीप लामिछानेसँग भनाभन परेपछि मुस्ताफालाई सामाजिक सञ्जालमा गाली, लेखे यस्तो सन्देश

फागुन २३, काठमाडौँ | यूएईका राष्ट्रिय क्रिकेट खेलाडी रोहन मुस्ताफाले आफूलाई नेपाली फ्यानबाट ‘हेट मेसेज’ आएको बताएका छन् । आईसीसी क्रिकेट वर्ल्ड कप २ अन्तर्गत सोमबार भएकाे नेपाल र यूएईबीचको खेलका दौरान नेपाली स्पिनर सन्दीप लामिछानेसँग भनाभन भएपछि आफूले ‘हेट मेसेज’ पाइरहेको उनले उल्लेख गरेका छन् ।

सन्दीपले ३५औं ओभरको तेस्रो बलमा मुस्तफालाई एलबीडब्लू आउटको अपिल गरेका थिए, तर अम्पायरले कुनै संकेत दिएनन् । त्यसपछि चाैंथाे बलमा मुस्तफाले सन्दीप नजिकै पुगेर आक्रोश व्यक्त गरेपछि उनीहरूबीच केही भनाभन भएकाे देख्न सकिन्थ्याे । 

लामिछानेसँग भनाभन परेपछि सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा मुस्ताफालाई नेपालीहरूले गालीसहितका कमेन्ट गरेका छन् ।

मंगलबार इन्स्टाग्राम स्टोरी राख्दै आफूले नेपाली समर्थकबाट धेरै ‘हेट मेसेज’ आइरहेको उल्लेख गरेका छन् । “मैले नेपाली फ्यानहरूबाट धेरै हेट मेसेज पाइरहेको छु,” उनले इन्स्टाग्राम स्टोरीमा लेखेका छन्, “तर त्योभन्दा धेरै मैले लभ मेसेज (प्रेमिल सन्देश) पाएको छु ।”

“तपाईंले मलाई माया वा घृणा जे गरेपनि म तपाईँहरूलाई सधैं माया गरिरहने छु,” उनले अगाडि भने । उनले आफू मार्च ९ (बिहीबार) देखि नेपालमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ खेलका लागि उत्साहित भएको पनि उल्लेख गरेका छन् । उनि भन्छन्, “हाबिबि नेपाल आउँदैछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो