फागुन २५, काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका आसिफ शेखले शतक पूरा गरेका छन् ।
कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफले ३५ ओभरको अन्तिम बलमा शतक पूरा गरे
आसिफले १०१ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे । आसिफ नेपालका लागि एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी पनि बनेका छन् ।
उनले ३२ इनिङ्समा एक हजार रन पूरा गरेका हुन् । आसिफको शतकसँगै नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर २०२ रन बनाएको छ ।