फागुन २५, काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले लगातार दुई विकेट गुमाएको छ ।
कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका आसिफ शेख र रोहित कुमार पौडेल एकै ओभरमा आउट भएका हुन् ।
आसिफ ३८ ओभरको तेस्रो बलमा ११० रन बनाएर आउट हुदा अन्तिम बलमा रोहित ३० रन बनाएर आउट भए ।
यो खबर तयार गर्दासम्म नेपालले ३८.४ ओभरमा ५ विकेट गुमाएर २१२ रन जोडेको छ |