६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएजीविरुद्ध नेपालको छैटौं सफलता, सन्दीपले लिए तीन विकेट

२५ फाल्गुन २०७९, बिहीबार १०:०३

फागुन २५, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप 'लिग टु' अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले छैटौं सफलता पाएको छ ।

खेलको ३२औं ओभरमा सन्दीप लामिछानेले लगातार बलमा विकेट लिएपछि खेल नेपालको पक्षमा मोडिएको छ ।

खेलको ३२.२ ओभरमा सन्दीपले ८ रन बनाएर खेलिरहेका हिराहिरीलाई बोल्ड गरे । लगत्तैको बलमा चाड सोपरलाई आरिफ शेखबाट क्याच आउट गराए । सन्दीप ह्याट्रिकबाट भने चुके । तेस्रो बलमा नोर्मामान भनुआ बिट भएका थिए, तर बलले स्टम्प छुन सकेन । नेपालका लागि सन्दीपले तीन विकेट लिइसकेका छन् ।

यस्तै दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए । नेपालका स्पिनरलाई पीएनजीका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकिरहेका छैनन् । पीएनजीका कप्तान असाद भाला अहिले क्रिजमा संघर्षरत छन् । उनी ५१ बलमा ४१ रन बनाएर खेलिरहेका छन् ।

यो समाचार लेख्दासम्म पीएनजीले ६ विकेटको क्षतिमा १५५ रन बनाएको छ । पीएनजीको अन्तिम आशा भालामाथि टिकेको छ ।

यसअघि आशिफ शेखको शतकीय योगदानको मद्दतमा नेपालले २९७ रनको योगफल तयार पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति