2026-09-21 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएजीविरुद्ध नेपालको छैटौं सफलता, सन्दीपले लिए तीन विकेट

फागुन २५, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप ‘लिग टु’ अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले छैटौं सफलता पाएको छ ।

खेलको ३२औं ओभरमा सन्दीप लामिछानेले लगातार बलमा विकेट लिएपछि खेल नेपालको पक्षमा मोडिएको छ ।

खेलको ३२.२ ओभरमा सन्दीपले ८ रन बनाएर खेलिरहेका हिराहिरीलाई बोल्ड गरे । लगत्तैको बलमा चाड सोपरलाई आरिफ शेखबाट क्याच आउट गराए । सन्दीप ह्याट्रिकबाट भने चुके । तेस्रो बलमा नोर्मामान भनुआ बिट भएका थिए, तर बलले स्टम्प छुन सकेन । नेपालका लागि सन्दीपले तीन विकेट लिइसकेका छन् ।

यस्तै दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए । नेपालका स्पिनरलाई पीएनजीका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकिरहेका छैनन् । पीएनजीका कप्तान असाद भाला अहिले क्रिजमा संघर्षरत छन् । उनी ५१ बलमा ४१ रन बनाएर खेलिरहेका छन् ।

यो समाचार लेख्दासम्म पीएनजीले ६ विकेटको क्षतिमा १५५ रन बनाएको छ । पीएनजीको अन्तिम आशा भालामाथि टिकेको छ ।

यसअघि आशिफ शेखको शतकीय योगदानको मद्दतमा नेपालले २९७ रनको योगफल तयार पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो