2026-09-21 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेट विश्वकप लिग-२ : युएईविरुद्ध रोहितको अर्धशतक

फागुन २८, काठमाडौँ | क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आइतबार बिहान युएईविरूद्धको खेलमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले अहिले ३४ ओभर खेलिरहँदा ४ विकेट गुमाएर १४९ रन बनाएको छ । 

नेपालको तर्फबाट यसअघि ब्याटिङमा आएका कुशल भुर्तेलले १५ बलमा ८ रन बनाएर बाहिरिए भने अर्का ब्याटर कुशल मल्ल पनि १५ बलमा ९ रन बनाएर बाहिरिए ।

त्यस्तै भीम सार्की ३७ बलमा ४ चौका प्रहार गर्दै २९ रन बनाउन सफल भए । अहिले रोहित पौडेल र आरिफ शेख क्रिजमा रहेका छन् । पौडेलले १०३ बल खेलेर ६९ रन बनाएका छन् भने शेखले ३५ बलमा ३१ रन बनाएर खेलिरहेका छन् ।

आजको खेलमा टिम नेपालबाट दुई खेलाडी परिवर्तन गरिएको छ । करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएपछि ललित राजवंशी र गुल्शन झाले भित्रिएका हुन् । प्लेइङ ११ मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दीप लामिछाने रहेका छन् ।

गत बिहीबार आसिफ शेखको शतकमा नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको थियो । २ सय ९८ रनको लक्ष्य लिएर आएको पपुवा न्यु गिनीलाई नेपालले ४७.१ ओभरमा २ सय ४५ अलआउट गरेको थियो ।उक्त विजयसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमको नजिक पुगेको छ । नेपालले ३३ खेलमा ३४ अंक बटुली पाँचौं स्थानमा छ ।

नेपालले बाँकी रहेका तीन खेलमध्ये एकमा विजय हात पारेमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ । सबै ३६ खेल खेलेको स्कटल्यान्ड ५०, ओमान ४४, नामिबिया ३९ र अमेरिका ३५ अंकसहित पहिलो चार स्थानमा छन् । सात राष्ट्र सहभागी लिग २ को शीर्ष तीन टोलीले सिधै विश्वकप छनोटमा स्थान पाउने छ भने शीर्ष ५ टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने छ ।

यूएई ३२ खेलमा ३१ अंकसहित छैटौं स्थानमा छ । नेपालले आइतबार यूएई, सोमबार पपुवा न्यु गिनी र यूएईसँग बिहीबार खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो