४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईविरुद्ध नेपालकको शानदार सुरूवात, ५ ओभरमै गुमायो ४ विकेट

२८ फाल्गुन २०७९, आईतवार ०८:४०

फागुन २८, काठमाडौँ | यूएईविरुद्ध दोस्रो इनिङमा नेपालले शानदार सुरूवात गरेको छ । नेपाली बलरहरूले पाँच ओभरभित्रै यूएईका ४ ब्याट्सम्यानलाई पेभिलियन फर्काइदिएका छन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल २४८ रनमा अलआउट भएको थियो । २४९ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा यूएईको ब्याटिङ आरम्भमै धराशायी बनेको हो ।

नेपालले आज पहिलो ओभर बलिङ गर्न स्पिनर राजवंशीलाई पठाएको थियो । प्रशिक्षक र कप्तानको निर्णयलाई सही सावित गर्दै ललितले पहिलो ओभरमै नेपाललाई सफलता दिलाए । पहिलो ओभरको पाँचौ बलमा हृत्य अरविन्द ललितको बलमा बोल्ड भए ।


यसैगरी तेस्रो ओभरमा बलिङ गर्न आएका दिपेन्द्र सिंह ऐरीलाई पनि सफलता मिल्यो । उनले २.४ ओभरमा आर्यन लाक्रालाई बोल्ड गरे । त्यसपछि यूएईका कप्तान मोहम्मद वसिम राजवंशीलाई ठूलो सट खेल्ने चक्करमा आउट भए । चौथो विकेटका रूपमा सोमपाल कामीले यूएईका खतरनाक ब्याट्सम्यान आसिफ खानलाई पेभिलियन पठाइदिएका छन् ।

यो समाचार बनाउँदासम्म यूएईले ६ ओभर खेलेर ८ रनमात्रै बनाउन सकेको छ । खासगरि नेपालका स्पिनरहरूलाई झेल्न यूएईलाई कठिन हुने देखिएको छ । आज नेपालले अतिरिक्त स्पिनरका रूपमा राजवंशीलाई टीममा समावेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ