2026-09-21 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता, सन्दिपले लिए विकेट

फागुन २८, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं सफलता हात पारेको छ । 

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल २४८ रनमा अलआउट भएको थियो । २४९ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा यूएईको ब्याटिङ आरम्भमै धराशायी बनेको हो ।

नेपालले आज पहिलो ओभर बलिङ गर्न स्पिनर राजवंशीलाई पठाएको थियो । प्रशिक्षक र कप्तानको निर्णयलाई सही सावित गर्दै ललितले पहिलो ओभरमै नेपाललाई सफलता दिलाए । पहिलो ओभरको पाँचौ बलमा हृत्य अरविन्द ललितको बलमा बोल्ड भए ।

यसैगरी तेस्रो ओभरमा बलिङ गर्न आएका दिपेन्द्र सिंह ऐरीलाई पनि सफलता मिल्यो । उनले २.४ ओभरमा आर्यन लाक्रालाई बोल्ड गरे । त्यसपछि यूएईका कप्तान मोहम्मद वसिम राजवंशीलाई ठूलो सट खेल्ने चक्करमा आउट भए । चौथो विकेटका रूपमा सोमपाल कामीले यूएईका खतरनाक ब्याट्सम्यान आसिफ खानलाई पेभिलियन पठाइदिएका छन् । नेपालका सन्दीप लामिछानेले रोहन मुस्तफालाई १४ औं ओभरको चौथो बलमा एलबीडब्लू आउट गराएका हुन् । रोहन मुस्तफाले ६ रन बनाए । 

यो समाचार बनाउँदासम्म यूएईले १४ ओभर खेलेर ५ विकेट गुमाएर ३६ रनमात्रै बनाउन सकेको छ । खासगरि नेपालका स्पिनरहरूलाई झेल्न यूएईलाई कठिन हुने देखिएको छ । आज नेपालले अतिरिक्त स्पिनरका रूपमा राजवंशीलाई टीममा समावेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो