४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आसिफ बने यस वर्ष सर्वाधिक रन बनाउने विश्वकै दोस्रो ब्याट्सम्यान

२९ फाल्गुन २०७९, सोमबार १०:३३

फागुन २९, काठमाडौँ | नेपालका विकेट किपर एवं ब्याट्सम्यान आसिफ शेख सन् २०२३ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।

उनले ११ खेलमा ४१० रन बनाएका छन् । विश्वकप लिग- २ अन्तर्गत घरेलु मैदानमा जारी अन्तिम त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा आसिफले एक शतक र एक अर्धशतक बनाइसकेका छन् ।

सन् २०२३ मा एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने भारतका सुबमन जिल हुन् । उनले ६ खेलमा ५६७ रन जोडेका छन् ।


तेस्रो स्थानमा रहेका इङ्ल्याण्डका जोस बटलरले ६ खेलमा ३७२ रन जोडेका छन् ।

नेपालका कप्तान रोहित पौडेल ३४१ रनसहित चौथोमा छन् । ११ खेलमा ३११ रन जोडेका कुशल मल्ल सातौं र २८० रन बनाएका कुशल भुर्तेल १०औं स्थानमा छन् ।

आसिफले सोमबार पीएनजीविरुद्ध २१ बलमा अविजित ५३ रनको पाली खेले । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले ३४ खेलमा एक हजार ७३ रन जोडेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनी एक हजार रन कटाउने २ मध्ये एक नेपाली ब्याट्सम्यान हुन् । रोहितले पनि यो सफलता हात पारेका छन् ।

आसिफको नाममा एक शतक र एक अर्धशतक रहेको छ । विश्वकप लिग- २ मा आसिफ नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले २९ खेलमा ९३४ रन बनाएका छन् ।

उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा ११औं स्थानमा छन् । रोहितले ३२ खेलमा ८९३ रन बनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ