2026-07-27 12:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएनजीबिरुद्ध यूएई ६ विकेटले विजयी

चैत १, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा यूएईले पहिलो जित हात पारेको छ । कप्तान मोहम्मद वजिमको आक्रमक शतकीय पारी सहित यूएईले पिएनजीलाई ६ विकेटले पराजित गरेको छ ।

लिग २ का ३६ खेलमा जम्मा ५ खेल मात्र जितेको पीएनजीले पछिल्ला ४ खेलमा यूएईलाई लगातार हराएको थियो । तर त्यसको बदला लिँदै यूएई २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । यूएईका लागि कप्तान मोहम्मदले सार्वधिक ११९ रन बनाए । उनले ७६ बलमा ६ चौका र १२ छक्का प्रहार गरे ।

ओपनरका रुपमा आएका मोहम्मद वाजिमले भृत्य अरविन्दसँग १२५ रनको शतकीय साझेदारी गरे । यूएईले २४ रनमा पहिलो विकेटका रुपमा आर्यन लाक्रालाई गुमाएपछि तेस्रो क्रममा आएका भृत्य ५६ बलमा ५ चौकासहित ३३ रन बनाउँदै क्याच भए ।

आयान र रिज्वानले चौथो विकेटका लागि ५१ रनको साझेदारी गरे । आयानले ४२ बल खेल्दै ४ चौका सहित ३८ रन बनाए । र सिपी रिजवान २९ रनमा अविजित र आसिफ खान११ रन बनाउँदै अविजित रहे । पीएनजीका लागि रिले हेकुरेले सर्वाधिक २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २३४ रन बनायो । पीएनजीका कप्तान अर्सद भालाले सर्वाधिक ६५ रन बनाए । उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरेका छन् ।

यूएईका लागि हजरत विललाले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ४७ रन खर्चिए । रोहन मुस्तफा र जवार फरिदले समान १–१ विकेट लिए ।

यो हारसँगै पीएनजीले लिग टू को ३६ खेल पूरा गरेको छ । पिएनजीले ३६ खेलमा ५ जित र ३० हार तथा एक बराबरी सहति लिग २ को यात्रा सकाएको छ । यूएईले भने लिग टू को अन्तिम खेल भोलि बिहीबार नेपालसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली