आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 01 Jun, 2023

जेठ १८, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्य सूची तय गर्दै तोलामा ५०० रुपैयाँले मूल्य बढेको जनाएको हो । नेपाली बजारमा हिजो बुधबार पनि  सुनको मूल्य बढेको थियो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९०० कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!