2026-10-11 05:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैदेशिक रोजगारमा गएकाहरुले गरेनन् सुरक्षा कोषमा नियमित रकम जम्मा

काठमाडौं । सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका श्रमिकहरुले अपेक्षित र नियमित रुपमा रकम जम्मा नगरेको तथ्यांकले देखाएको छ ।

सरकारले वैदेशिक रोजगारीमा जानेलाई कोषमा सूचीकरण अनिवार्य गरेपनि रकम जम्मा गर्नेहरुको संख्या अपेक्षित रुपमा बृद्धि भएको छैन ।

मंसिर अन्तिम हप्तासम्ममा १३ लाख १ हजार ७८ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर वैदेशिक रोजगारमा गएको तर, अहिलेसम्म ६० हजार श्रमिकले मात्र योगदान रकम नियमित जम्मा गरेको पाइन्छ ।

सूचीकृत भएका १३ लाख श्रमिकमध्ये ६० हजारले मात्र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा नियमित रकम जम्मा गर्दै आएका छन् ।

आवद्ध भएका श्रमिकले हालसम्म ३ अर्ब २ करोड ४७ लाख रुपैयाँभन्दा बढी योगदान रकम जम्मा गरेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

श्रम स्वीकृतिका बेला सूचीकरण भएका १२ लाख ४१ हजार ७८ श्रमिकको योगदान नियमित छैन । योगदान रकम नियमित नभएका श्रमिक समस्यामा पर्दा कोषबाट सुविधा नपाएको गुनासो आउने गरेको छ । वैदेशिक रोजगारमा जाने नयाँ वा पुनः श्रमस्वीकृति लिँदा श्रमिकले २०७९ साल मंसिरदेखि सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने नियम रहेको छ ।

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रमस्वीकृति लिने बेला, श्रमस्वीकृति नवीकरण गर्ने बेला योजनामा अनिवार्य समावेश हुनुपर्ने प्रावधान छ । योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार ३ रुपैयाँ बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध