२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआरएन बेल्जियमद्वारा रौतहटका शितलहर पिडितलाई आर्थिक सहयोग

२५ माघ २०७४, बिहीबार १२:०६

अभिमनु कुमार पटेल/माघ २५, रौतहट । नेपालमा शितलहरबाट पीडित तराईवासी नेपालीहरुलाई गैरआवासिय नेपाली संघ बेल्जीयमले झण्डै २ लाख नगद आर्थिक सहयोग गरेको छ ।

एनआरएन बेल्जीयमको आव्हानमा बेल्जियममा रहेका नेपाली संघ संस्था तथा व्यक्तिहरुबाट संकलन गरिएको रकम सहयोगका लागि नेपाल पठाइसकिएको एनआरएन बेल्जीयमका अध्यक्ष लोक प्रसाद दाहालले जानकारी दिनु भएको छ ।

अध्यक्ष दाहालका अनुसार संकलन भएको १ हजार ६ सय १२ युरो रकम ७ फरवरी २०१८ बुधबारका दिन रौतहटका स्थानिय एवम रिपोर्टस क्लब नेपालका अध्यक्ष अभिमन्यु पटेलको प्रभु बैंकमा रहेको खातामा पठाईएको हो । खातामा पठाइएको रकम सम्बन्धित पीडितहरु समक्ष पुर्याउने अध्यक्ष दाहालले बताउनु भयो ।

उहाँले संकलन भएको रकम र सहयोग गर्नुहुने सबै दाताहरुको नामावली समेत सार्वजनीक गर्दै विज्ञप्तिमार्फत धन्यवाद दिनुभएको छ । संस्थाका अध्यक्ष लोक दाहाल, प्रवक्ता दीपेन्द्र के.सी. र महासचिव आडमाया लामाद्धारा हस्ताक्षरीत विज्ञप्तिमा सहयोग गर्ने सबै संघ संस्था र महानुभावहरुमा धन्यवाद दिइएको छ ।

त्यसैगरी विज्ञप्तिमा जनवरी २९ देखि शीतलहर सम्बन्धी आर्थिक सँकलन अभियान बन्द गरिएको जानकारी पनि गराइएको छ ।

शितलहर पिडितलाई सहयोग जुटाउन कार्यमा विषेश भुमिका निर्वाह गर्ने हाम्रो क्लब बेल्जियमका अध्यक्ष रमेश कंडेललाई रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष पटेलले विषेश अभार व्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालत दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै