२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

६ आश्विन २०७७, मंगलवार ०४:१६

असोज ६, राँझा । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयलले चालु आवको साउन र भदौ महिनामा भने लक्ष्यभन्दा अधिक राजश्व सङ्कलन गरेको छ । चालु आवको पहिलो महिनामा नेपालगञ्ज भन्सार कार्यालयले रु एक अर्ब ६८ करोड राजश्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन महिनामा रु ९४ करोड ७५ लाख छ हजार राजश्व उठाउने लक्ष्य राखिएकामा लक्ष्यभन्दा रु ७३ करोड २५ लाख अर्थात् ५६ प्रतिशतभन्दा बढी राजश्व सङ्कलन भएको छ । भदौ महिनामा राजश्व सङ्कलन लक्ष्य रु एक अर्ब छ करोड रहेकामा लक्ष्यभन्दा अधिक रु एक अर्ब ४६ करोड राजश्व सङ्कलन भएको छ ।

बन्दाबन्दीका कारण अवैधरूपमा सामान भित्रिने कार्य बन्द भई सबैजसो सामग्री भन्सार हुँदै आएकोले राजश्व सङ्कलनमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत निरौलाको भनाइ छ । कोरोना महामारीका कारण नेपाल–भारत जमुनाह सीमा नाका बन्द रहे पनि नेपालगञ्ज भन्सार कार्यालयले दैनिकरूपमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिँदै निरौलाले भन्नुभयो, “पछिल्लो समय उद्योग तथा कलकारखाना सञ्चालनमा आएपछि कच्चा पदार्थ ल्याउने क्रम ह्वात्तै बढेकाले उत्साहजनकरूपमा राजश्व सङ्कलन भएको हो ।”

नेपालगञ्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थका साथै खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री भित्रिने गरेका छन् । अहिले नेपालगञ्ज नाकाबाट फलफूल तथा तरकारीजन्य पदार्थ र मानिसको आवागमनमा भने पूर्णरूपमा रोक लगाइएको निरौलाले जानकारी दिन्ुभयो । नेपालगञ्ज भन्सार कार्यालयबाट गत आव २०७६/७७ मा रु साढे तीन अर्ब राजश्व घाटा भएको थियो । रु १५ अर्ब ४३ करोड ७५ लाख लक्ष्य रहेकामा रु ११ अर्ब ७७ करोड आठ लाख मात्र राजश्व सङ्कलन हुँदा रु तीन अर्ब ६६ लाख राजश्व घाटा भएको हो । 

कोरोना भाइरस महामारीका कारण लामो समयसम्म बन्दाबन्दी भएपछि भन्सारको राजश्व असुलीमा कमी आएको प्रमुख भन्सार अधिकृत निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा कुल लक्ष्यको करिब ७६ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको थियो । राजश्व सङ्कलन हुने मुख्य समयमा कोरोना भाइरसका कारण बन्दाबन्दी हुँदा त्यसको प्रत्यक्ष प्रभाव राजश्व असुलीमा परेको थियो । 

“नेपालगञ्ज भन्सारको राजश्वको मुख्य स्रोत पेट्रोलियम पदार्थ हो, लकडाउनका कारण सवारी साधन ठप्प हुँदा पेट्रोलियम पदार्थ आयात कमी भई राजश्व असुलीमा असर परेको हो”, प्रमुख भन्सार अधिकृत निरौलाले भन्नुभयो, “लकडाउनका कारण चैत, वैशाख र जेठमा राजश्व असुलीको लक्ष्य नपुगेका कारण राजश्व घाटा हुन पुगेको हो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता