फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 22 Dec, 2022

पुस ७, काठमाडौँ | नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । बिहीबार छापावाल सुन तोलामा ३ सय रूपैयाँ बढेर एक लाख एक हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ८ सय रूपैयाँ बढेर एक लाख १२ सय रूपैयाँ कायम भएको थियो । 

आज तेजाबी सुनको मूल्य प्रति तोला एक लाख एक हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रूपैयाँ बढेर १ हजार ४ सय ५ रूपैयाँमा कारोबार भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!