Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, ५ चैत्र बिहीबार
ओखलढुङ्गा - OKL

ओखलढुंगाका सबै गाविस र नगरपालिका साक्षर भएको घोषणा

२०७३, ८ आश्विन शनिबार ०६:२५


पूर्णप्रसाद न्यौपाने/असोज ८, ओखलढुंगा । ओखलढुंगामा साक्षरता घोषणा अभियान सकिएको छ । लामो समय अघि सुरु भएको अभियान २०७३ असोज ७ गतेबाट सकिएको हो । 
निरक्षरता उन्मुलन गर्ने नेपाल सरकारको कार्यक्रम अनुसार च्यानम गाविसलाई तत्कालीन शिक्षा मन्त्री चीत्रलेखा यादवले पुर्वाञ्चलकै पहिलो (स्रोतका अनुसार) साक्षर गाविस घोषणा गरेर जिल्लामा अभियानको औपचारीक सुरुवात गर्नुभएको थियो । 
तत्कालीन जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनको पालामा अभियानले निकै तिव्रता पाएको थियो । उहाँको कार्यकालमा जिल्लाका तिन गाविस साक्षर घोषणा गरिएको थियो भने घोषणाका लागि तयारी निकै अगाडि बढिरहेको थियो ।   
लोप्चनको सरुवा पछि आउनु भएको जिल्ला शिक्षा अधिकारी विजय प्रसाद आचार्यको करिब एक वर्षको कार्यकालमा एउटा पनि गाविस साक्षर घोषणा भएन । तत्कालीन कार्यालय प्रमुखले नै चासो नदिएपछि अभियानलाई तिव्रता दिन नसकिएको मातहतका कर्मचारीहरुले बताउने गरेका छन् । 
‘लोप्चन सरको पालामा धेरै आधारभुत कामहरु भए र तिन गाविलाई साक्षर घोषणा पनि गरियो’ कार्यालयका एक अधिकृतले भन्नुभयो‘पछि विजय सर आउनुभयो उहाँले यो विषयलाई वास्ता गर्नुभएन,उहाँको पालामा एउटा गाविसलाई साक्षर भएको घोषणा गर्न सकिएन ।’ 

वर्तमान जिल्ला शिक्षा अधिकारी बीरेन्द्र जङ्ग थापाले जिल्ला आएसँगै साक्षरता घोषणाको कामलाई विषेश प्राथमिकतामा राखेर पुरा गरिसक्नु भएको छ । ‘म आउँदा सम्म साविकका ५६ मध्ये जम्मा वटा गाविस साक्षर भएका थिए,कसरी अभियान अघि बढाउने भन्ने चिन्ता पनि थिया’जिल्ला शिक्षा अधिकारी थापाले भिजन नेपाल साप्ताहिकसँग भन्नुभयो,‘मेरो पहिलो प्राथमिकतामा यहि अभियानको विषय थियो,कार्यालय तथा मातहतका कर्मचारी र सबै सरोकारवालाहरुको साथ सहयोगमा असोज ७ गतेबाट जिल्लाका लक्षीत वर्गका सबै नागरिक साक्षर भएको घोषणा गरियो ।’ 
जिल्ला शिक्षा अधिकारी थापाले जिल्लाको शैक्षीक विकास र गुणस्तर सुधारका क्षेत्रमा पनि महत्वपूर्ण कामहरु गर्दै आएकाले सबैले सहयोग गर्नुपर्ने सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका जिल्ला अध्यक्ष कमल प्रसाद न्यौपानेले बताउनुभयो । उहाँले साक्षर घोषणा गरिए पनि जिल्लाबाट पूर्णरुपमा निरक्षरता उन्मुलन गर्न नसकिएको बताउँदै निरञ्तर शिक्षाका कार्यक्रमहरु सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्लामा च्यानम गाविसलाई साक्षर घोषणा गरेर सुरु गरिएको अभियान माधवपुर गाविसलाई साक्षर घोषणा गरेर समापन गरिएको छ । वि.सं २०६७ को सर्वेक्षण अनुसार ओखलढुंगामा निरक्षर नागरिकको संख्या ३६ हजार ७ सय ८१ थियो । उक्त सर्वेक्षण अनुसार कार्यक्रम तय गरेर निरञ्तर अनौपचारीक शिक्षा कक्षा सञ्चालन गर्दै दोहोरिएका समेत गरेर ४० हजार ९ सय ५ जनालाई साक्षर बनाईएसँगै जिल्लाका सबै गाविस र नगरपालीकालाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा कार्यालयका सुचना अधिकारी शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
 जिल्लामा अब ४ सय ३४ जना लक्षीत वर्गका नागरिक अझै निरक्षर रहेको भएपनि ९५ प्रतिशत नागरिक साक्षर भएपछि घोषणाका लागि मापदण्ड पुग्ने प्रावधान रहेकाले सोहि अनुसार सबै गाविस र नगरपालिकालाई साक्षर घोषणा गरिएको श्रेष्ठको दावी छ । 

उहाँका अनुसार वि.सं २०६७ को सर्वेक्षणलाई आधार मान्दा लक्षीत वर्गका ९९ प्रतिशत नागरिक साक्षर भईसकेका छन् । ओखलढुंगाका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर बनेपछि जिल्लाका सबै  क्षेत्रलाई साक्षर घोषणा गरिएको हो । 
अझै धेरै नागरिक निरक्षर रहेको आवाजहरु उठिरहेको भएपनि लक्षीत उमेर समुह भन्दा बाहिरका नागरिक निरक्षर हुुनु स्वाभाविक रहेको तर उनिहरुका लागि पनि निरञ्तर शिक्षाको कार्यक्रम सञ्चालन गरिने उप जिल्ला शिक्षा अधिकारी हेमनत बुढाथोकिले जानकारी दिनुभयो ।  
मिति तय गरेर जिल्लालाई औपचारीक रुपमा भव्यताका साथ साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम पनि रहेको जिल्ला शिक्षा कार्यालय ओखलढुंगाले जनाएको छ । तस्विरहरु मानेभञ्ज्याङ गाविसलाई साक्षर घोषणा गर्दाका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने