ललित बोहरा । असोज ९, डडेल्धुरा | तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको डडेल्धुराको अजयमेरुकोट हाल सम्म आइपुग्दा ससाना बुट्यान र झाडीभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा । असोज ९, डडेल्धुरा | तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको डडेल्धुराको अजयमेरुकोट हाल सम्म आइपुग्दा ससाना बुट्यान र झाडीभ"/>

११ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

राजा नागी मल्लले राज्य सञ्चालन गरेको अजयमेरुकोट संरक्षण वीहिन

९ आश्विन २०७३, आईतवार १४:१६


ललित बोहरा । असोज ९, डडेल्धुरा | तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको डडेल्धुराको अजयमेरुकोट हाल सम्म आइपुग्दा ससाना बुट्यान र झाडीभित्र हराउँदै गइरहेको छ । 

गृष्मकालीन मौसममा बस्नका लागि निर्मित कोट संरक्षण र सरसफाइका अभावले बुट्यानभित्र हराउनाका साथै इतिहास नै खतरामा परिरहेको कोट अवलोकनकर्ता बताउँछन । अजयमेरुकोट स्थित मल्ल राजाको दरबार पूर्ण रुपमा हराइसकेको छ भने रानीले रानीतालमा नुहाउन जाने गुफा पनि भरिँदै आइरहेको स्थानीयवासीको भनाइ छ । घोडा राख्ने तबेलाको नक्सा मात्रै बाँकी रहेको तथा नौला, देवलको संरचना केही हराइसकेका र केही जीर्ण अवस्थामा रहेको कोट संरक्षण समितिका सचिव राजबहादुर सेटीले बताए । पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको इतिहास मेटिँदै गइरहेको स्थानीयवासी बुद्धिजीवी र इतिहासका जानकारको भनाइ छ । 

सो भेगकै शक्तिशाली राजाका रुपमा रहेका नाग मल्लले राज्य सञ्चालन गर्नका लागि निर्माण गरेको कोटको सम्बद्र्धन नहुँदा पर्यटकीय दृष्टिकोणले मुनाफा लिन नसकिने स्थानीय समैजी प्रावि, हाटका प्रअ तेजबहादुर रावतले बताए ।


आफूले पर्यटकलाई आकर्षण गर्न र उनीहरुको सेवा सुविधा ध्यानमा राखेर स्थानीय हाट गाउँमा नै घरबास सञ्चालनमा ल्याइएको भए तापनि संरचना नै ओझेलमा पर्दा गाउँलेले गरेको प्रयास धराशायी भएको समैजी प्राविका शिक्षक हिरा सेटीले बताए । कोटभित्रका गुफा, रानीले नुहाउने पोखरी, प्राचीन शैलीका नौला, देवललाई मात्र उही आकारमा निर्माण गर्न सक्ने हो भने आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने स्थानीयवासी बताउँछन । जीर्ण भवनबाट १० औँं फिट लामा ढुङ्गाको चोरी भइसकेको तथा देवल नौला वरिपरिको जमिन स्थानीयवासीले अतिक्रमण गरेको अजयमेरुकोटको भ्रमण गरी आउने पर्यटकको भनाइ छ । 

डडेल्धुरा जिल्लाको अजयमेरु गाविसस्थित अजयमेरु कोटको संरक्षण तथा संबद्धँन हुन नसक्दा एक हजार ३०० वर्ष पुरानो इतिहास मेटिने खतरा मात्रै नभई सो भेगकै राम्रो पर्यटकीय क्षेत्रको नामोनिसान समेत मेटिँदै गर्दा कसैले ध्यान नदिनु दुःखद भएको डडेल्धुरा स्याउबारी भ्यु टावरका सञ्चालक तथा पर्यटन व्यवसायी सुदाम थापाले बताए । विसं ११९१ मा निर्मित ऐतिहासिक दरबारको हाल भग्नावशेष पनि ससाना बुट्यान तथा झाडीले छोपिरहेको तथा देवल समेत जीर्ण भइसकेका छन । पुरातत्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्नका लागि त्यस क्षेत्रमा रहेका ढुङ्गा तथा देवलमा नं राखिएको भए तापनि स्थानीयवासीको लापरबाही र सरोकार भएकाहरुको ठोस पहल नहुँदा ऐतिहासिक तथा धार्मिक अजयमेरुको इतिहास मेटिँदै गइरहेको छ । संरक्षण र संवद्र्धन हुन नसक्दा कोट क्षेत्रमा रहेको गुफा बन्द भइसकेको छ भने अजयमेरुकोट क्षेत्रमा रहेका ऐतिहासिक पानीका नाला क्रमिक रुपमा जीर्ण बन्दै गएका छन । जमिन अतिक्रमण गरेर खेती गर्नाले देवल तथा कोट हेर्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई अवलोकन गर्न बाटो समेत नहुँदा समस्या हुने गरेको छ । 

तश्विर: राज जोशी/डडेल्धुरा | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्न : कांग्रेस प्रवक्ता महत ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु जनताले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम नआएको : महासचिव विप्लव आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ एमालेका महासचिव पोखरेलले एमाले हुँदासम्म युवाहरू निराश हुनुपर्दैन बताए सामाजिक सञ्जालमा अरुलाई गाली गरेर देश नबन्ने,देश बनाउन युवाहरूले योजनाबद्ध काम गर्नुपर्ने : सुनिता डङ्गोल ऊर्जामन्त्री खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताए नेप्से परिसूचक दुई अङ्कले बढ्यो तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न कञ्चनपुरको सभागृह प्रयोग विहीन ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ स्वास्थ्यमन्त्री पौडेलले आवासीय चिकित्सकलाई तत्काल ४८ हजार तलब दिन निर्देशन दिए लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’ गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले प्रदर्शन गरे भारतीय प्रधानमन्त्री मोदीले आतंककारी र षड्यन्त्रकारीलाई पृथ्वीको अन्तिम कुनासम्म छाड्ने छैनौँ भने शिक्षकहरुको आन्दोलनको आज २३ औँ दिन, छाता ओढेर आन्दोलन गरिरहे प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने