असोज १२, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरको सहयोगले पोखराको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको वताएकी छिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १२, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरको सहयोगले पोखराको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको वताएकी छिन"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोमागाने शहरले पोखरामा गरेको सहयोग स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि: राष्ट्रपति

१२ आश्विन २०७३, बुधबार ११:४४


असोज १२, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरको सहयोगले पोखराको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको वताएकी छिन । 

पोखरा उपमहानगरपालिका र जापानको कोमागाने शहरको भगिनी सम्बन्ध र त्यसको सहयोगबाट पोखरा १६ बाटुलेचौरमा सञ्चालनमा आएको मातृशिसु मितेरी अस्पताल नेपाल सरकारलाई हस्तान्तरण समारोहमा वोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरले पोखरामा पु¥याएको सहयोगले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको वताइन ।

पोखरा उपमहानगर पालिका र जापानको कोमागाने नगरको सहयोगमा निर्मित मातृशिसु अस्पतालले आमा र शिसुको स्वास्थ्यलाई मध्येनजर गर्दै सरकारी स्तरबाट सञ्चालन गर्नका लागी सरकारलाई हस्तान्तरण गरेकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा सरकारी स्तरबाट अस्पताल सञ्चालनका लागी विभिन्न सहयोगहरु उपलब्ध गराउन आफुले प्रयत्न गर्ने समेत भण्डारीले वताइन ।

स्वास्थ्य क्षेत्रमा जापानको कोमागाने नगरले गरेको सहयोगबाट निर्मित अस्पताल अव नेपाल सरकारको मातहतबाट सञ्चालनमा आउने र अस्पताल वरपरका क्षेत्रमा आमा र शिसुको स्वास्थ्य हेरचाहलाई अझ वढी राम्रो गरेर सरकारले अगाडी वढ्नेमा ढुक्क हुन समेत राष्ट्रपति भण्डारीले आग्रह गरिन ।

प्राकृतिक सम्पदाले भरिपूर्ण पोखरा आफैमा सुन्दर रहेको वताउदै यहांको हिमश्रृङखलाले जुनसुकै पर्यटकको ध्यान केन्द्रित गर्न सफल भएको वताउदै पोखराको पर्यटनलाई अझ सुद्धृढ गर्दै अगाडी वढाउनुपर्नेमा समेत उनले जोड दिइन । 

तत्कालिन सरकारका स्वास्थ्य मन्त्री खगराज पौडेल मन्त्री रहदा २०७२ असोज २२ गतेको मन्त्री परिषदको बैठकले पोखराको बाटुलेचौर स्वास्थ्य चौकी संग गाभेर मातृशिसु अस्पताललाई सरकारी अस्पताल बनाउने निर्णय अनुसार कोमागाने मातृशिसु अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । 

सो समारोहमा अस्पतालका निवर्तमान सुपरिटेन्डेन्ट डाक्टर छम माया पुनले अस्पतालका प्रमुख डाक्टर प्रेम राज पंगेनीलाई अस्पतालको सम्पूर्ण कागजपत्र र चावी हस्तान्तरण गरी अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल