डिल्लीराज रावत/कात्तिक ५, सल्यान । एउटा मान्छेले ३ मिनेटमा कति धान काट्ला ? यसको सहि उत्तर ७ मुठा, ८ मुठा वा बढि भए १० मुठा होला । तर एउटै मान्छेले ३ मिनेटम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डिल्लीराज रावत/कात्तिक ५, सल्यान । एउटा मान्छेले ३ मिनेटमा कति धान काट्ला ? यसको सहि उत्तर ७ मुठा, ८ मुठा वा बढि भए १० मुठा होला । तर एउटै मान्छेले ३ मिनेटम"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

मेसीनले धान काट्दा सल्यान गरि जिउलाका किसान अचम्मित

५ कार्तिक २०७३, शुक्रबार १३:११


डिल्लीराज रावत/कात्तिक ५, सल्यान । एउटा मान्छेले ३ मिनेटमा कति धान काट्ला ? यसको सहि उत्तर ७ मुठा, ८ मुठा वा बढि भए १० मुठा होला । तर एउटै मान्छेले ३ मिनेटमा ठुलै बारी सक्यो । सुन्दा अच्चम लाग्छ तर तपाइ अचम्म नपर्नुहोला । 

सल्यानको शारदा नगरपालिका १३ मा रहेको धानका लागि प्रख्यात मानिने गरिजिउला फाँटमा शुक्रबार मेसिनको प्रयोग गरि धान काटिएको छ । मेशिनको प्रयोग गरे पछि स्थानियहरु मुखामुख गरि भन्दैथिए- एउटा मान्छेले सयौं मान्छेले गर्ने काम गर्न सक्दो हरेछ । अव त यसको प्रयोग गर्नुपर्छ कि क्या हो । 

सल्यानमा यो प्रविधि भने कुनै किसानले ल्याएका हैनन तर किसानकै लागि प्रविधि ल्याइएको हो । किसानलाई उन्नत प्रविधिको बारेमा जानकारी दिनेगरि सल्यान र दाङ्गमा संचालित सिमित इन्टरनेशनल अन्तरगत सिसा परियोजनाले यो काम गरेको हो । 

गत मार्च देखि दुई जिल्लामा कार्यक्षेत्र हुनेगरी संचालनमा आएको परियोजनाले किसानलाई आफ्नो परियोजनाले अनुदान नदिएपनि किसानलाई प्रविधिका बारेमा जानकारी गराउने र उनिहरुलाई विभिन्न प्रविधि संचालन गरेर उत्पादन बढाउने सम्बन्धि तालिम दिने संस्थाका बालिविज्ञ हिमालय सुवेदिले जानकारी दिएका छन । 

धान काट्न मात्रै हैन गहुँ काट्न पनि यो मेशिनको प्रयोग हुने र मान्छेले राखेको जस्तो गरी मेसिनले एकैतिर फर्काएर राख्ने भएकाले यसतर्फ किसानहरु आकर्षित बनेका छन । उनिहरुले प्रविधिको उच्च प्रयोग गरी उत्पादनका लागि जिल्ला कृषि विकास कार्यालयले पनि सहयोग गर्ने भन्दै त्यसको लागि पहल गरेर पहाडमा रहेको फाँटमा घरघरमा नभएपनि टोलटोलमा यस्ता प्रविधि भित्रनुपर्ने बताएका थिए । 

अहिले मान्छेहरु शहरतिर बाहिरिने, बरु विदेश गएर रकम कमाउने तर कृषि पेशामा मन नगर्ने भएकाले उत्पादन योग्य जमिन बाँझो हुदै गएको भन्दै छायाक्षेत्रको लान्ती बजारमा डेरी संचालन गरिरहेका लोकराज भण्डारीले यो बेला यस्ता प्रविधिले महत्वपूर्ण काम दिने अवका कृषकले यस्ता प्रविधिको प्रयोग गरे उनिहरु सफल कृष बन्न सक्ने बताउछन । 

धान काट्ने समयमा यसको जानकारी दिनलाई रिपर मेसिन ल्याएको बताउने संस्थाका हिमालय सुवेदीले आफुहरु विउ रोप्ने, छर्ने, मिर्ने मेशिनहरुका बारेमा किसानका बारिमा नै गएर जानकारी गराउने र किसानले किनेका सामाग्रिहरु केहि विग्रीएमा कार्यक्रमले सहयोग गर्ने भन्दै आफुले कुनै अनुदान नदिएपनि किसानलाई उनिहरुले प्रयोगमा ल्याएका प्रविधिको मर्मतमा सहयोग  दिने बताएका छन । 

अव यो प्रविधिको बारेमो सल्यानको कालिमाटी रामपुरमा पनि जानकारी गराउने संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता