२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

वैदेशिक रोजगारमा जाने हजारौं युवाहरुले दैनिक मोबाइल एपबाटै सूचना लिन थाले, यसरी प्रयोग गर्नुस्

२०८१, ३ जेष्ठ बिहीबार ०१:५९

काठमाडौँ । वैदेशिक रोजगारमा जान चाहने युवाहरुलाई सिधा म्यानपावरसँग जोड्ने गरि बनाइएको 'वैदेशिक रोजगार' मोबाइल एपको प्रयोगकर्ता दैनिक बढिरहेका छन् । सहजै वैदेशिक रोजगारको सम्पूर्ण सूचनाहरु पाउने गरि साझा सवाल मिडियाले बनाएको यो एपको प्रयोगकर्ता दैनिक बढेसँगै यो एपको सक्रिय प्रयोगकर्ता दुई लाख भन्दा बढी पुगेको छ । 

यो एप एन्ड्रोइडमा मात्र ७ लाख भन्दा बढी नेपाली युवाहरुको आफ्नो मोबाइलमा डाउनलोड गरेका छन् । त्यस्तै यो एप आइओएसमा ७० हजार भन्दा बढीले डाउनलोड गरेका छन् । नेपालको अहिलेको परिवेशमा हेर्ने हो भने यो एपले गुगल ब्राउजर एप 'गुगल क्रोम', गुगल मिट, ओपेरा मिनी, फाएरफक्स, जीमेल लगायत लोकप्रिय अन्य संचारसँग सम्बन्धित एपहरुलाई पनि पछि पारेको छ । 

यो एप डाउनलोड गर्ने लिंक: 

एन्ड्रोइडमा: https://play.google.com/store/apps/details?id=com.sajhajobs.project  

आइओएस: https://apps.apple.com/td/app/baideshik-rojgar/id1565707258

वैदेशिक रोजगार एपमा म्यानपावर कम्पनीहरुको आधिकारिकताको जानकारी, सरकारबाट स्वीकृतप्राप्त डिमाण्डबारे जानकारीका अलावा बिभिन्न देशको देशगत जानकारी, दुतावासबारे जानकारी, अभिमुखिकरण लागायत बैदेशिक रोजगारको पूर्ण सूचना पाइन्छ । एपबाटै बायोडाटा बनाउन सकिने गरि र बिभिन्न देशको सामान्य भाषा समेत सिक्न सकिने गरि नयाँ अपडेट छिट्टै आउनेगरि काम भईरहेको साझा सबाल मिडियाले जनाएको छ । 

वैदेशिक रोजगारको बिबिध सूचना लिन सहज हुनेगरि बनाइएको यो एप क्रमश युवाहरुमा लोकप्रिय बन्दै गईरहेको छ । दैनिक दुई हजार नेपाली युवा वैदेशिक रोजगारमा जाने क्रममा रहंदा यो एपको दैनिक औशत डाउनलोड संख्या ८०० भन्दा बढी हुनुले यो एपको प्रयोग बढ्दै गएको देखिएको छ । पछिल्लो समय एपमा जोडिएका म्यानपावर कम्पनीहरुमा वैदेशिक रोजगारमा जान चाहेका नेपाली युवाहरुले सिधा अनलाइनबाटै वैदेशिक रोजगारमा आवेदन दिईरहेका छन् । साथै म्यानपावरहरुले समेत सिधा जोडिएका कामदारहरुलाई प्राथमिकतामै राखेर काम गरिरहेको साझा सबाल मिडियाले जनाएको छ । गुगल प्ले स्टोरमा यो एप ५ लाख भन्दा बढी डाउनलोड भएको एपको सूचिमा हेर्न सकिन्छ । साथै गुगल रिभ्युमा यो एपले ४.३ स्टार रेटिङ प्राप्त गरेको छ ।  

यो एप डाउनलोड गर्ने लिंक: 

एन्ड्रोइडमा: https://play.google.com/store/apps/details?id=com.sajhajobs.project  

आइओएस: https://apps.apple.com/td/app/baideshik-rojgar/id1565707258

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह