१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

वैदेशिक रोजगारमा जाने हजारौं युवाहरुले दैनिक मोबाइल एपबाटै सूचना लिन थाले, यसरी प्रयोग गर्नुस्

३ जेष्ठ २०८१, बिहीबार ०१:५९

काठमाडौँ । वैदेशिक रोजगारमा जान चाहने युवाहरुलाई सिधा म्यानपावरसँग जोड्ने गरि बनाइएको 'वैदेशिक रोजगार' मोबाइल एपको प्रयोगकर्ता दैनिक बढिरहेका छन् । सहजै वैदेशिक रोजगारको सम्पूर्ण सूचनाहरु पाउने गरि साझा सवाल मिडियाले बनाएको यो एपको प्रयोगकर्ता दैनिक बढेसँगै यो एपको सक्रिय प्रयोगकर्ता दुई लाख भन्दा बढी पुगेको छ । 

यो एप एन्ड्रोइडमा मात्र ७ लाख भन्दा बढी नेपाली युवाहरुको आफ्नो मोबाइलमा डाउनलोड गरेका छन् । त्यस्तै यो एप आइओएसमा ७० हजार भन्दा बढीले डाउनलोड गरेका छन् । नेपालको अहिलेको परिवेशमा हेर्ने हो भने यो एपले गुगल ब्राउजर एप 'गुगल क्रोम', गुगल मिट, ओपेरा मिनी, फाएरफक्स, जीमेल लगायत लोकप्रिय अन्य संचारसँग सम्बन्धित एपहरुलाई पनि पछि पारेको छ । 

यो एप डाउनलोड गर्ने लिंक: 

एन्ड्रोइडमा: https://play.google.com/store/apps/details?id=com.sajhajobs.project  

आइओएस: https://apps.apple.com/td/app/baideshik-rojgar/id1565707258

वैदेशिक रोजगार एपमा म्यानपावर कम्पनीहरुको आधिकारिकताको जानकारी, सरकारबाट स्वीकृतप्राप्त डिमाण्डबारे जानकारीका अलावा बिभिन्न देशको देशगत जानकारी, दुतावासबारे जानकारी, अभिमुखिकरण लागायत बैदेशिक रोजगारको पूर्ण सूचना पाइन्छ । एपबाटै बायोडाटा बनाउन सकिने गरि र बिभिन्न देशको सामान्य भाषा समेत सिक्न सकिने गरि नयाँ अपडेट छिट्टै आउनेगरि काम भईरहेको साझा सबाल मिडियाले जनाएको छ । 

वैदेशिक रोजगारको बिबिध सूचना लिन सहज हुनेगरि बनाइएको यो एप क्रमश युवाहरुमा लोकप्रिय बन्दै गईरहेको छ । दैनिक दुई हजार नेपाली युवा वैदेशिक रोजगारमा जाने क्रममा रहंदा यो एपको दैनिक औशत डाउनलोड संख्या ८०० भन्दा बढी हुनुले यो एपको प्रयोग बढ्दै गएको देखिएको छ । पछिल्लो समय एपमा जोडिएका म्यानपावर कम्पनीहरुमा वैदेशिक रोजगारमा जान चाहेका नेपाली युवाहरुले सिधा अनलाइनबाटै वैदेशिक रोजगारमा आवेदन दिईरहेका छन् । साथै म्यानपावरहरुले समेत सिधा जोडिएका कामदारहरुलाई प्राथमिकतामै राखेर काम गरिरहेको साझा सबाल मिडियाले जनाएको छ । गुगल प्ले स्टोरमा यो एप ५ लाख भन्दा बढी डाउनलोड भएको एपको सूचिमा हेर्न सकिन्छ । साथै गुगल रिभ्युमा यो एपले ४.३ स्टार रेटिङ प्राप्त गरेको छ ।  

यो एप डाउनलोड गर्ने लिंक: 

एन्ड्रोइडमा: https://play.google.com/store/apps/details?id=com.sajhajobs.project  

आइओएस: https://apps.apple.com/td/app/baideshik-rojgar/id1565707258

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए