Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
९ माघ २०८२, बिहीबार
बिशेष खबर

धुँवा न्यूनीकरणका लागि अभिमुखीकरण

१२ कार्तिक २०७३, शुक्रबार ०१:१५

, १२ गते,
धुन्चे, रसुवा । पुननिर्माणसँगै घरभित्र प्रयोग गरिने परम्परागत उर्जाको साटो
स्वच्छ तथा धुँवारहित चुल्हो प्रयोगका लागि अभिमुखीकरण सम्पन्न भएको छ । घरभित्रको
धुँवा निवारण तथा वातावरण संरक्षण मञ्च नेपालले प्राक्टिकल एक्सन नेपाल, जिआईजेड र
इन्डेभको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

राम्चे गाविसका
सरोकारवाला तथा महिला स्वास्थ्य स्वयम् सेविका र कालिकास्थानमा विभिन्न सहकारीका
पदाधिकारीलाई उक्त अभिमुखीकरण सम्पन्न भएको संस्थाले जनाएको छ । संस्थाले गत
वर्षदेखि ''नेपालमा चिम्नीहुड चुल्होको दीगो बजार स्थापनाका लागि परिणाममुखी लगानी
सहयोग परियोजना सञ्चालन गरिरहेको छ । विभिन्न सहकारी संस्थामार्फत् गाउँगाउँमा
चिम्नीहुड चुल्हो बिक्री वितरण गरी रसुवा जिल्लालाई घरभित्रको धुँवामुक्त जिल्ला
बनाउन परियोजनाले सहयोग पुर्याउने बताईएको छ ।

परियोजनाका व्यवस्थापक मिनबिक्रम मल्लले परियोजनामार्फत् रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुरमा ३० हजार घरधुरीमा स्वच्छ तथा उन्नत चुल्हो बिक्री बितरण गरिने बताएका छन् । परिणाम प्राप्त भएपछि मात्र परिणाममुखी लगानी सहयोग गरिने भएकोले यो परियोजना अन्य परियोजनाभन्दा फरक भएको पनि मल्लले बताए ।

नुवाकोट जिल्लामा
समेत् सञ्चालन गरिने उक्त परियोजनाले ७५०० घरमा चिम्नीहुड राखिने भएपनि भुकम्पका
कारण ४५०० घरमा भने अन्य स्वच्छ चुल्हो वितरण गरिएको छ । भुकम्पपछिको
पुननिर्माणसँगै सबैको घरमा स्वच्छ तथा उन्नत प्रविधिको चुल्हो राख्नका लागि
समुदायलाई अभिमुखीकरण गरिने बताईएको छ ।

'धुँवारहित चुल्हो धुँवारहित घर : महिला तथा बालबालिकाको स्वास्थ्यको समुन्नत
आधार'' भन्ने मूल नाराका साथ संस्थाले रसुवामा विभिन्न धुँवा न्यूनीकरण अभियान
सञ्चालन गर्दै आईरहेको छ । परियोजना साझेदार संस्था तथा जिविस-स्थानीय युवा
साझेदारी कार्यक्रमको सहयोगमा रसुवाका ३ वटा रेडियोमार्फत् ''साप्ताहिक रेडियो
कार्यक्रम घरभित्रको धुँवा'' पनि सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष लिलानाथ
न्यौपानेले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता