Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, ३० चैत्र सोमबार
बिशेष खबर

धुँवा न्यूनीकरणका लागि अभिमुखीकरण

२०७३, १२ कार्तिक शुक्रबार ०१:१५

, १२ गते,
धुन्चे, रसुवा । पुननिर्माणसँगै घरभित्र प्रयोग गरिने परम्परागत उर्जाको साटो
स्वच्छ तथा धुँवारहित चुल्हो प्रयोगका लागि अभिमुखीकरण सम्पन्न भएको छ । घरभित्रको
धुँवा निवारण तथा वातावरण संरक्षण मञ्च नेपालले प्राक्टिकल एक्सन नेपाल, जिआईजेड र
इन्डेभको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

राम्चे गाविसका
सरोकारवाला तथा महिला स्वास्थ्य स्वयम् सेविका र कालिकास्थानमा विभिन्न सहकारीका
पदाधिकारीलाई उक्त अभिमुखीकरण सम्पन्न भएको संस्थाले जनाएको छ । संस्थाले गत
वर्षदेखि ''नेपालमा चिम्नीहुड चुल्होको दीगो बजार स्थापनाका लागि परिणाममुखी लगानी
सहयोग परियोजना सञ्चालन गरिरहेको छ । विभिन्न सहकारी संस्थामार्फत् गाउँगाउँमा
चिम्नीहुड चुल्हो बिक्री वितरण गरी रसुवा जिल्लालाई घरभित्रको धुँवामुक्त जिल्ला
बनाउन परियोजनाले सहयोग पुर्याउने बताईएको छ ।

परियोजनाका व्यवस्थापक मिनबिक्रम मल्लले परियोजनामार्फत् रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुरमा ३० हजार घरधुरीमा स्वच्छ तथा उन्नत चुल्हो बिक्री बितरण गरिने बताएका छन् । परिणाम प्राप्त भएपछि मात्र परिणाममुखी लगानी सहयोग गरिने भएकोले यो परियोजना अन्य परियोजनाभन्दा फरक भएको पनि मल्लले बताए ।

नुवाकोट जिल्लामा
समेत् सञ्चालन गरिने उक्त परियोजनाले ७५०० घरमा चिम्नीहुड राखिने भएपनि भुकम्पका
कारण ४५०० घरमा भने अन्य स्वच्छ चुल्हो वितरण गरिएको छ । भुकम्पपछिको
पुननिर्माणसँगै सबैको घरमा स्वच्छ तथा उन्नत प्रविधिको चुल्हो राख्नका लागि
समुदायलाई अभिमुखीकरण गरिने बताईएको छ ।

'धुँवारहित चुल्हो धुँवारहित घर : महिला तथा बालबालिकाको स्वास्थ्यको समुन्नत
आधार'' भन्ने मूल नाराका साथ संस्थाले रसुवामा विभिन्न धुँवा न्यूनीकरण अभियान
सञ्चालन गर्दै आईरहेको छ । परियोजना साझेदार संस्था तथा जिविस-स्थानीय युवा
साझेदारी कार्यक्रमको सहयोगमा रसुवाका ३ वटा रेडियोमार्फत् ''साप्ताहिक रेडियो
कार्यक्रम घरभित्रको धुँवा'' पनि सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष लिलानाथ
न्यौपानेले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन