२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा ‘१ शिक्षक १ झोला’र ‘१ विद्यालय १ पुस्तकालय’कार्यक्रम सुरु

२४ कार्तिक २०७३, बुधबार ०७:२७

कृष्ण कँडेल/कात्तिक २४, बागलुङ । जिल्ला शिक्षा कार्यालय बागलुङले चालु शैक्षिक सत्रदेखि एक शिक्षक एक झोला र एक विद्यालय एक पुस्तकालय कार्यक्रम सुरु गरेको छ । 

विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारी विच कार्यसम्पादन सम्झौता गरि यि दुई कार्यक्रम सुरु गरिएको हो । उपलब्धि सुधार र शैक्षिक व्यवस्थानलाई केन्द्रित गरि जिल्ला शिक्षा कार्यालयले तयार गरेको १९ बुँदे कार्यसम्पादन सम्झौता पत्रमा जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यपक विच सम्झौता भएपछि ३०१ विद्यालयमा कार्यक्रम लागु भएको छ । 

जिल्लाका जम्मा ५२६ मध्ये बागलुङ बाजर क्षेत्र देखि विहुँसम्मका १२८ र निर्वाचन क्षेत्र नम्बर–३ का १७३ विद्यालयमा कार्यक्रम सुरु भईसकेको छ । गलकोट र कुस्मिसेर क्षेत्रका २२५ विद्यालयमा सम्झौता हुन बाँकी रहेकाले सम्झौता पछि कार्यक्रम सुरु हुनेछ । 

सिकाईलाई प्रभावकारी बनाउन  शिक्षकलाई चाहिने दैनिक पाठ योजना, शैक्षिक सामग्री, पाठ्यक्रम तथा पाठ्यपुस्तक राख्नका लागि सजिलो होस भनेर एक झोला कार्यक्रम सुरु गरिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले जानकारी दिए । 

‘शिक्षक पुर्ण तयारी साथ कक्षा कोठामा पुगे भने मात्र शिक्षण र सिकाई प्रभावकारी हुन्छ ।’ जिशिअ मिश्रले भने,‘सिकाईको प्रभावकारीताबाट नै शैक्षिक उपलव्धि बढाउन सकिन्छ, त्यसैले हामीले एक शिक्षक एक झोला कार्यक्रम सुरु गरेका हौँ ।’ 

विद्यार्थीमा पठन सिप कमजोर देखिएकाले पठन सिप अभिवृद्धि गर्न एक विद्यालय एक पुस्तकालय कार्यक्रम पनि सँगै सञ्चालन गरिएको छ । ‘पठनका लागि पुस्तकालय अनिवार्य देखियो त्यसैले यो कार्यक्रम सुरु गरेका छौँ ।’ सुचना अधिकारी खेम आचार्यले भने, प्रत्यक विद्यालयमा पुस्तकालय हुनै पर्छ ।‘

यि दुवै कार्यक्रम जिल्ला शिक्षा कार्यालय मार्फत उपलब्ध गराईने प्रतिविद्यार्थी एकाई लागत अनुदानबाट सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ । शिक्षा मन्त्रालयले प्राथमिक तह (१–५) मा प्रतिविद्यार्थी रु १५०, अधारभुत तह (६–८) र माद्यमिक तह (९–१०) मा प्रतिविद्यार्थी रु २०० र माद्यमिक तह (११–१२) मा रु २५० प्रतिविद्यार्थी लागत अनुदान रकम दिने गर्दछ । 

जिल्लामा चालु आर्थिक बर्षमा सिकाई उपलब्धि ७ प्रतिशत बढाउने लक्ष्य जिल्ला शिक्षाले राखेको छ । ‘अहिले हाम्रो सिकाई उपलब्धि ४७.३० प्रतिशत छ ।’ साखा अधिकृत लोकनाथ आचार्यले भने, ‘यो शैक्षिक सत्रको अन्त्यमा बढाएर ५४.३० पु¥याईने छ ।’ 

जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापक विच भएको १९ बुँदै कार्यसम्पादन सम्झौतामा विद्यालयको शैक्षिक तथा भौतिक सुधारको लागि दुरदृष्टि सहितको गुरु योजना प्रारम्भिक बाल कक्षादेखि कक्षा ३ सम्म धुलो रहित कक्षा निर्माण भुँईखाटमा कार्पेटसहितको बालमैत्री व्यवस्थापन गर्ने, सुचना प्रविधि सहितको शिक्षण, विद्यालयका गातिविधि प्रति सरोकारवालाको सहमागीता र निगरानीको लागि पब्लिक हेयरिङ कार्यक्रम, प्रअ, शिक्षक र अभिभावक विच अन्तरिक्रियाका लागि चौमासिक सम्मेलन, विद्यालयको लक्ष्य निर्धारण र त्यसको कार्यान्वयन, फिडर विद्यालयको गुणस्तर सुधारका लागि समन्वय, विद्यालयका सवै अभिलेख व्यवस्थापन गर्ने लगायत कार्यक्रम समेटिएको छ । 

अन्तिम १९ औँ वुँदामा यि सवै कुरा कार्यान्वयनका लागि मंसिर भित्र विव्यास, शिअ संघ र शिक्षक तथा अभिभावकको भेला गरि स्पष्ट योजना बनाएर स्रोतकेन्द्र मार्फत जिल्ला शिक्षा कार्यालयमा पेश गर्न भनिएको छ । शैक्षिक तथा भौतिक व्यवस्थापनमा प्रअलाई उत्तरदायी बनाउन नैतिक दवाव सृर्जजना गर्न कार्यसम्पादन सम्झौता गरिएको हो । सम्झौता अनुसार काम भए नभएको नियमित अनुगमन गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

बुर्तिबाङ क्षेत्रमा पहिलो प्रअ बैठक

जिल्ला शिक्षा कार्यालय बागलुङको आयोजनामा बुर्तिबाम निर्वाचन क्षेत्र नम्बर–३ अन्तरगतका विद्यालयहरुको प्रधानाध्यपक बैठक भएको छ । 

बैठकमा पाण्डवाखानी र रिघा बाहेकका निर्वाचन क्षेत्र नम्बर–३ का १७३ विद्यालयका प्रअहरु सहभागी थिए । जिल्ला शिक्षा कार्यालयले निर्वाचन क्षेत्र नम्बर–३ का प्रावि, अधारभुत र माध्यमिक तहका  प्रअहरुलाई सहभागी गराई पहिलो पटक बुर्तिबाङ मै बैठक गरेको हो । बैठकमा जिल्ला शिक्षा कार्यालयले तयार गरेको १९ बुँदे कार्यसम्पादन सम्झौता जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्र र विद्यालयका प्रधानाध्यपक विच गरिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि र समग्र विद्यालय व्यवस्थानका विषय समेटेर तयार गरिएको कार्यसम्पादन सम्झौता पत्रमा दुवैपक्षले हस्ताक्षर गरि एक एक प्रति लिएका छन् । 

बैठकमा कार्यसम्पादन सम्झौता पत्रमा रहेका १९ बुँदाको बारेमा छलफल र सहजिकरण भएको जिल्ला शिक्षा अधिकारी विष्ण प्रसाद मिश्रले जानकारी दिए ।  

बैठकमा कार्यक्रम साखा र कार्यसम्पादन सम्झौता पत्रसँग सम्बन्धित विषयको प्रश्तुती साखा अधिकृत खेम आचार्यले, विद्यालय प्रशासन साखा सम्वन्धमा साखा अधिकृत लोकनाथ आचार्यले र अनौपचारिक शिक्षा साखा सम्बन्धि प्रश्तुति साखा अधिकृत सरितादेवि शर्माले राखेका थिए । 

प्रअहरुले निर्वाचन क्षेत्रमा विद्यार्थी संख्या अनुसारको शिक्षक दरबन्दी नहुँदा पठन पाठनमा समस्या भएको भन्दै तत्काल शिक्षक पठाउन माग गरेका थिए । छलफलमा उठेका जिज्ञासाको जवाफ जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्र तथा सम्वन्धित साखा अधिकृतले दिए । नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष सागर खरेलले राखे । 

त्रिभुवान मावि खर्बाङका प्रधानाध्यापक ढलमणि भण्डारीले बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ को शौक्षिक अवस्था, भएका समस्या र समाधानका उपाय तथा आफ्नो विद्यालयमा भएका नमुना काम सम्बन्धि प्रश्तुति राखेका थिए । 

कार्यक्रम जिल्ला शिक्षा अधिकारी विष्णप्रसाद मिश्रको अध्यक्षता, विद्यालय निरिक्षक भरतकाजी अर्यालको स्वागत मन्तव्य र स्रोतव्यक्ति बेदबहादुर बुढाको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य