सास । मंसिर ७, बर्दिया ।

विकास निर्माणका कामहरुमा त अनेकन तौरतरीकाले टेण्डर हाल्ने प्रचलन रहेको छ । अनेकन निर्माणका कम्पनीहरुले तँछाड मछाड गरेर टेण्डर हाल्ने लर्को नै हुन्छ । कतिपय स्थानहरुमा झडप समेत भएको घटना कुनै नौलो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर ७, बर्दिया ।

विकास निर्माणका कामहरुमा त अनेकन तौरतरीकाले टेण्डर हाल्ने प्रचलन रहेको छ । अनेकन निर्माणका कम्पनीहरुले तँछाड मछाड गरेर टेण्डर हाल्ने लर्को नै हुन्छ । कतिपय स्थानहरुमा झडप समेत भएको घटना कुनै नौलो"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

हाल्ने हैन त टेण्डर ?

७ मंसिर २०७३, मंगलवार १४:२५

सास । मंसिर ७, बर्दिया ।

विकास निर्माणका कामहरुमा त अनेकन तौरतरीकाले टेण्डर हाल्ने प्रचलन रहेको छ । अनेकन निर्माणका कम्पनीहरुले तँछाड मछाड गरेर टेण्डर हाल्ने लर्को नै हुन्छ । कतिपय स्थानहरुमा झडप समेत भएको घटना कुनै नौलो कुरा पनि हैन । यति मात्रै हैन टेण्डर प्रकृयाका विवादका कारणले गर्दा विभिन्न निर्माण कम्पनीहरुको अस्तित्व नै समाप्त भएको तपाई हामीले देख्दै र भोग्दै आएको कुरा हो ।

सुटिङ्ग युनिट ….

यहाँ कुनै बाटोको टेण्डर नभएर मायामा टेण्डर खुलेको र यसमा निर्धारित समयमा नै टेण्डर हालेर समयमै जोवन विक्रीका लागि गीतका माध्यमबाट बर्दियाली गायक तथा सङ्गीतकार राजेन्द्र बजगाईं आम श्रोता तथा दर्शकहरुलाई आह्वान गरिरहेका छन् । आज मात्रै काठमाडौमा यो गीतको छायाङ्कन सकिएको छ । अत्यन्तै फरक स्वाद दिने खालले तयार गरिएको यो गीतले आम श्रोता तथा दर्शकहरुको मन जित्ने यसका सर्जक राजेन्द्र बजगाईंले साझा सबाल अनलाईनलाई बताएका छन् ।

 

केही दिनमा नै यसको सम्पादन कार्य सकेर सार्वजनिक गर्ने तयारी भइरहेको समेत उनले बताए । 

रेशमलाल श्रेष्ठको शब्द, विशाल ढकालको सङ्गीत, राजेन्द्र बजगाईं र पारु शाहीको आवाज रहेको यो गीतको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् । अर्जुन तिवारीको छायाँकन रहेको छ भने म्युजिक भिडियोको कोरियोग्राफी रवीन शङ्करले गरेका छन् । यो म्युजिक भिडियोमा दीपक लम्साल, वर्षा रावत र विमल के.सी. को सशक्त अभिनय रहेको छ । 

म्युजिक भिडियोका नायक र नायिका …..दिपक र वर्षा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण