सास । मंसिर ७, बर्दिया ।

विकास निर्माणका कामहरुमा त अनेकन तौरतरीकाले टेण्डर हाल्ने प्रचलन रहेको छ । अनेकन निर्माणका कम्पनीहरुले तँछाड मछाड गरेर टेण्डर हाल्ने लर्को नै हुन्छ । कतिपय स्थानहरुमा झडप समेत भएको घटना कुनै नौलो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर ७, बर्दिया ।

विकास निर्माणका कामहरुमा त अनेकन तौरतरीकाले टेण्डर हाल्ने प्रचलन रहेको छ । अनेकन निर्माणका कम्पनीहरुले तँछाड मछाड गरेर टेण्डर हाल्ने लर्को नै हुन्छ । कतिपय स्थानहरुमा झडप समेत भएको घटना कुनै नौलो"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

हाल्ने हैन त टेण्डर ?

२०७३, ७ मंसिर मंगलवार १४:२५

सास । मंसिर ७, बर्दिया ।

विकास निर्माणका कामहरुमा त अनेकन तौरतरीकाले टेण्डर हाल्ने प्रचलन रहेको छ । अनेकन निर्माणका कम्पनीहरुले तँछाड मछाड गरेर टेण्डर हाल्ने लर्को नै हुन्छ । कतिपय स्थानहरुमा झडप समेत भएको घटना कुनै नौलो कुरा पनि हैन । यति मात्रै हैन टेण्डर प्रकृयाका विवादका कारणले गर्दा विभिन्न निर्माण कम्पनीहरुको अस्तित्व नै समाप्त भएको तपाई हामीले देख्दै र भोग्दै आएको कुरा हो ।

सुटिङ्ग युनिट ….

यहाँ कुनै बाटोको टेण्डर नभएर मायामा टेण्डर खुलेको र यसमा निर्धारित समयमा नै टेण्डर हालेर समयमै जोवन विक्रीका लागि गीतका माध्यमबाट बर्दियाली गायक तथा सङ्गीतकार राजेन्द्र बजगाईं आम श्रोता तथा दर्शकहरुलाई आह्वान गरिरहेका छन् । आज मात्रै काठमाडौमा यो गीतको छायाङ्कन सकिएको छ । अत्यन्तै फरक स्वाद दिने खालले तयार गरिएको यो गीतले आम श्रोता तथा दर्शकहरुको मन जित्ने यसका सर्जक राजेन्द्र बजगाईंले साझा सबाल अनलाईनलाई बताएका छन् ।

 

केही दिनमा नै यसको सम्पादन कार्य सकेर सार्वजनिक गर्ने तयारी भइरहेको समेत उनले बताए । 

रेशमलाल श्रेष्ठको शब्द, विशाल ढकालको सङ्गीत, राजेन्द्र बजगाईं र पारु शाहीको आवाज रहेको यो गीतको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् । अर्जुन तिवारीको छायाँकन रहेको छ भने म्युजिक भिडियोको कोरियोग्राफी रवीन शङ्करले गरेका छन् । यो म्युजिक भिडियोमा दीपक लम्साल, वर्षा रावत र विमल के.सी. को सशक्त अभिनय रहेको छ । 

म्युजिक भिडियोका नायक र नायिका …..दिपक र वर्षा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन