२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलंकी चोकमा चारैतिरबाट घेरेर के बनाइदैछ ? (हेर्नुहोस् १२ तश्विर)

२०७३, २१ मंसिर मंगलवार १५:०९

मङ्सिर २१, काठमाडौं | काठमाडौंको अति व्यस्त चोक कलंकीमा पछिल्लो समय जहिले पनि जाम पर्ने गरेको छ । त्यसो त केहि बर्ष अघिमात्र कलंकी चोकमा हालिएको आकासे पुल समेत भत्काइएको छ । साथै कलंकीको व्यस्त सडकको बीचमा चारैतिरबाट जस्ताले घेरिएको छ । जसको कारण अहिले कलंकीमा दैनिक निकै लामो समयसम्म जाम पर्ने समस्या छ । खासमा कलंकीमा के गर्न खोजिएको छ त ?

तलको नमूना तश्विरमा जस्तै कलंकीमा ‘अन्डर पास’ रोड निर्माण गर्नेगरी नयाँ अत्याधुनिक संरचना बनाउने गरि कलंकीमा तीब्र गतिमा काम भईरहेको छ । जुन नेपालकै पहिलो नमुना ‘अन्डर पास’ रोड हुनेछ । चत्रपथ विकास आयोजना अन्तर्गत यो ‘अन्डर पास’ रोड निर्माण चीनको कम्पनीले तिब्र गतिमा अघि बढाईरहेको छ । त्यहाँ काममा खटिएका एक जना चिनिया कामदारले अबको डेढ देखि दुई बर्षमा कलंकीमा ८ सय मिटर लम्बाइको नेपालकै पहिलो 'अन्डरपास रोड' रोड निर्माण गर्ने गरि काम गर्दै आएको साझा सबाललाई बताए । 

यो निर्माणसँगै कलंकीमा हुने दैनिक जाम र ट्राफिक समस्या हट्नेछ । साथै अन्तराष्ट्रिय स्तरको अन्डरपास रोड समेत निर्माण हुनेछ । आयोजनका निर्देशक ज्ञानेन्द्रकुमार झाका अनुसार यो आयोजना २०१८ को जुलाईसम्ममा निर्माण पूरा गरिसक्ने लक्षका साथ अघि बढाईएको छ । यसको निर्माणसँगै चक्रपथमा गुड्ने कुनैपनि सवारी साधन कलंकीमा रोकिनुपर्ने छैन भने अरु स्थानमा जाने सवारीहरु पनि सहज रुपमा आवतजावत गर्न सक्नेछन । त्यस्तै नयाँबसपार्कपट्टिबाट कलंकी चोक हुँदै थानकोट तर्फ जाने सवारी साधन र थानकोटपट्टिबाट बल्खुतर्फ जाने सवारीहरु समेत बिना रोकतोक आवतजावत गर्न सक्नेछन् । 

निर्माण हुँदै गरेको स्थानको १२ तश्विरहरु तल हेर्नुहोस 

कलंकीमा यस्ता पिल्लरमात्र ३०० को संख्यामा निर्माण गरिन्छ जुन अहिले जमिनमा गाड्ने काम भईरहेको छ । 












प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा