२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दलितलाई गाउँ निकला गर्ने विरुद्ध मुद्धा दायर

२०७३, ७ पुष बिहीबार १३:००

प्रेम सुनार/पुस ७, गुल्मी । केहि दिन अघि व्राम्हण महिला संग  अवैध सम्वन्ध रहेको आरोप लगाउँदै  एक दलित बृद्धलाई बाँधेर गाउँ गुमाउँदै गाउँ निकला गर्ने गुल्मी अर्वेनीका दुई जना व्यक्ति विरुद्ध आज सार्वजानिक अपरधको मुद्धा दायर गरिएको छ । 

पौष १  गते विहान अर्वेनी ५ का ८१ वर्षिय बृद्ध लालबहादुर सुनारलाई स्थानिय एक व्राम्हण थरकी ४२ वर्षिया महिला संग अवैध सम्वन्ध राखेको आरोप लगाउँदै गाउँ निकला गर्नेहरु विरुद्ध आज जिल्ला प्रहरी कार्यालय गुल्मीमा सार्वजानिक अपराधको मुद्धा दायर  गरिएको हो । 

पिडितका छोरा अनुराम सुनारले दिएको जाहेरी अनुसार गाउँ निकाला गर्ने घर भत्काउन लगाउने  सोही स्थानका अन्दाजी ४५ वर्षिय चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालय साहयक झविलाल न्यौपाने विरुद्ध  मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ । 

 ति महिलाका  श्रीमान संग सम्वन्ध विच्छेद , यता आरोपित बृद्ध संग सम्वन्ध स्थापितको कागज गराएर त्यहाँ सहभागी गाउँवासीलाई समेत हस्ताक्षर गराएका गाविस कार्यालय सहायकले स्थानिय तहमा पत्रकार आएको  सुँईको पाए पछि  अफ्ठ्यारो पर्ने डरले उक्त कागज च्यातेर फालियो भन्ने प्रतिकृया दिएका छन् । 

पिडित पक्षले नाम ठेगना चिन्न नसकेको बताईएका सय डेढ सय जनाको हुल जत्था लिएर गाविस कार्यालयमा  ति दुवैलाई केरकार गर्दै  अवैध सम्वन्ध स्वीकार गर्न बाध्य पारेर औठ छाप लगाउन लगाएको ति महिलाले बताईन् । 

गाउँ निकलाको अगुवाई गरेको  स्वयमले स्वीकार  गर्ने आरोपित चिन्तामणी न्यौपानेले गाउँ निकलाको निर्णय आफुले मात्रै नगरेको सयडेढ सय जना गाउँवासीले गरेको बताए । उनले भने –‘मैले मात्र होइन् सय डेड सय जनाले गाउँ निकला गर्ने गरेको निर्णयलाई मैले कार्यन्वयन  गराउन निजको छोरालाई उनको घर भत्काउन लगाएको हुँ । ’

बृद्धका छोरा अनुरामले भने–‘ डाँडाभाट जोगाउने भए आफुले घर भत्का नत्र हामी साँझ जलाई दिन्छौ भने म एक्लै उनिहरु धेरै जना डरले हुन्छ भनेर छानामा चढेर भत्काउन बाध्य भएँ । ’

वन वास पठाउँनै पर्छ यस्तालाई भन्ने कतिपयको आवज संगै ति बृद्धलाई सकी नसकी झोला झिम्टी बोक्न लगाई अलिपर सम्म  एक हुल मानिसहरुले  जंगल सम्म पुराएको  ति बृद्धले बताए  ।

घरबाट त्यसरी वस्थापति भई जंगलतिर लागेका ति दुई जना  छिमेकी गाविस हर्मिचौरको हार्से भन्ने भिर जंगलमा दुई दिन दुई रात सम्म खुल्ला आकाश मुनी विताएका थिए । उनका छोरा र अन्य आफन्तजनले खोज्दै जाँदा उक्त स्थानको ओढारमा खान पकाउँदै गरेको अवस्थामा फेला पारेर गाउँ फर्काएका थिए ।

गाउँ फर्काए पछि  डर त्रास बढ्ने ठानेर त्यहाँका दलितहरुले यसै समाचारदातालाई बोलाएर   चार दिन पछि यस घटनालाई वाहिर लिएका हुन् ।  यो २१ औं सताव्दीमा पनि राणकालिन साशन जस्तै लादेर गरिएको उक्त घटना  सताव्दीयौं अघि हुने सुनिएको वर्वतापुर्ण घटना भएको र दोषिहरुलाई कडा कार्वाही हुनु पर्ने माग यहाँका अधिकारकर्मीहरुले गरेका छन् ।  

उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण सुनारको अगुवाईमा जिल्ला प्रहरी कार्यालय पुगेका यहाँका सवै दल विचारका दलित अधिकारर्कीहरुले प्रहरी नायव उपरिक्षक महेन्द्र नेपाललाई भेटेर  यस्तो माग गरेका हुन् ।

प्रहरी नायव उपरिक्षक नेपालले सार्वाजानिक अपराधको मुद्धा दर्ता गरिने र भोली नै आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा झिकाउन पुर्तिघाट प्रहरी चौकीलाई निर्देशन दिने बताएका थिए । 

घटना वाहिर आउनुको पहिलो दिन  जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भोलाबहादुर रावालले पनि तत्काल घटना स्थलमा पुर्तिघाट प्रहरी चौकीलाई खटाएर प्रारिम्भक अनुसन्धान सुरु गरेका थिए । 

यहाँ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गना , राष्ट्रिय दलित आयोग ,मानवअधिकारवादी संस्था ईन्सेक गुल्मीको समेत यस घटना प्रति ध्यानृष्ट भएको छ । यस विच आज विहान वसेको दलित अधिकारकर्मीहरुको बैठकले यस घटनालाई राष्ट्रिय चासोको विषय बनाउने निर्णय गरेको छ । 

एमाले निकट जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण सुनार,  नेपाली कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष झविन्द्र बिक, नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ती मोर्चाका उपाध्यक्ष डिलबहादुर परियार , मुक्ति समाजकै जिल्ला सदस्य कृष्ण नेपाली लगायतको बैठकले यस्तो निर्णय गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ