४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दलितलाई गाउँ निकला गर्ने विरुद्ध मुद्धा दायर

७ पुष २०७३, बिहीबार १३:००

प्रेम सुनार/पुस ७, गुल्मी । केहि दिन अघि व्राम्हण महिला संग  अवैध सम्वन्ध रहेको आरोप लगाउँदै  एक दलित बृद्धलाई बाँधेर गाउँ गुमाउँदै गाउँ निकला गर्ने गुल्मी अर्वेनीका दुई जना व्यक्ति विरुद्ध आज सार्वजानिक अपरधको मुद्धा दायर गरिएको छ । 

पौष १  गते विहान अर्वेनी ५ का ८१ वर्षिय बृद्ध लालबहादुर सुनारलाई स्थानिय एक व्राम्हण थरकी ४२ वर्षिया महिला संग अवैध सम्वन्ध राखेको आरोप लगाउँदै गाउँ निकला गर्नेहरु विरुद्ध आज जिल्ला प्रहरी कार्यालय गुल्मीमा सार्वजानिक अपराधको मुद्धा दायर  गरिएको हो । 

पिडितका छोरा अनुराम सुनारले दिएको जाहेरी अनुसार गाउँ निकाला गर्ने घर भत्काउन लगाउने  सोही स्थानका अन्दाजी ४५ वर्षिय चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालय साहयक झविलाल न्यौपाने विरुद्ध  मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ । 

 ति महिलाका  श्रीमान संग सम्वन्ध विच्छेद , यता आरोपित बृद्ध संग सम्वन्ध स्थापितको कागज गराएर त्यहाँ सहभागी गाउँवासीलाई समेत हस्ताक्षर गराएका गाविस कार्यालय सहायकले स्थानिय तहमा पत्रकार आएको  सुँईको पाए पछि  अफ्ठ्यारो पर्ने डरले उक्त कागज च्यातेर फालियो भन्ने प्रतिकृया दिएका छन् । 

पिडित पक्षले नाम ठेगना चिन्न नसकेको बताईएका सय डेढ सय जनाको हुल जत्था लिएर गाविस कार्यालयमा  ति दुवैलाई केरकार गर्दै  अवैध सम्वन्ध स्वीकार गर्न बाध्य पारेर औठ छाप लगाउन लगाएको ति महिलाले बताईन् । 

गाउँ निकलाको अगुवाई गरेको  स्वयमले स्वीकार  गर्ने आरोपित चिन्तामणी न्यौपानेले गाउँ निकलाको निर्णय आफुले मात्रै नगरेको सयडेढ सय जना गाउँवासीले गरेको बताए । उनले भने –‘मैले मात्र होइन् सय डेड सय जनाले गाउँ निकला गर्ने गरेको निर्णयलाई मैले कार्यन्वयन  गराउन निजको छोरालाई उनको घर भत्काउन लगाएको हुँ । ’

बृद्धका छोरा अनुरामले भने–‘ डाँडाभाट जोगाउने भए आफुले घर भत्का नत्र हामी साँझ जलाई दिन्छौ भने म एक्लै उनिहरु धेरै जना डरले हुन्छ भनेर छानामा चढेर भत्काउन बाध्य भएँ । ’

वन वास पठाउँनै पर्छ यस्तालाई भन्ने कतिपयको आवज संगै ति बृद्धलाई सकी नसकी झोला झिम्टी बोक्न लगाई अलिपर सम्म  एक हुल मानिसहरुले  जंगल सम्म पुराएको  ति बृद्धले बताए  ।

घरबाट त्यसरी वस्थापति भई जंगलतिर लागेका ति दुई जना  छिमेकी गाविस हर्मिचौरको हार्से भन्ने भिर जंगलमा दुई दिन दुई रात सम्म खुल्ला आकाश मुनी विताएका थिए । उनका छोरा र अन्य आफन्तजनले खोज्दै जाँदा उक्त स्थानको ओढारमा खान पकाउँदै गरेको अवस्थामा फेला पारेर गाउँ फर्काएका थिए ।

गाउँ फर्काए पछि  डर त्रास बढ्ने ठानेर त्यहाँका दलितहरुले यसै समाचारदातालाई बोलाएर   चार दिन पछि यस घटनालाई वाहिर लिएका हुन् ।  यो २१ औं सताव्दीमा पनि राणकालिन साशन जस्तै लादेर गरिएको उक्त घटना  सताव्दीयौं अघि हुने सुनिएको वर्वतापुर्ण घटना भएको र दोषिहरुलाई कडा कार्वाही हुनु पर्ने माग यहाँका अधिकारकर्मीहरुले गरेका छन् ।  

उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण सुनारको अगुवाईमा जिल्ला प्रहरी कार्यालय पुगेका यहाँका सवै दल विचारका दलित अधिकारर्कीहरुले प्रहरी नायव उपरिक्षक महेन्द्र नेपाललाई भेटेर  यस्तो माग गरेका हुन् ।

प्रहरी नायव उपरिक्षक नेपालले सार्वाजानिक अपराधको मुद्धा दर्ता गरिने र भोली नै आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा झिकाउन पुर्तिघाट प्रहरी चौकीलाई निर्देशन दिने बताएका थिए । 

घटना वाहिर आउनुको पहिलो दिन  जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भोलाबहादुर रावालले पनि तत्काल घटना स्थलमा पुर्तिघाट प्रहरी चौकीलाई खटाएर प्रारिम्भक अनुसन्धान सुरु गरेका थिए । 

यहाँ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गना , राष्ट्रिय दलित आयोग ,मानवअधिकारवादी संस्था ईन्सेक गुल्मीको समेत यस घटना प्रति ध्यानृष्ट भएको छ । यस विच आज विहान वसेको दलित अधिकारकर्मीहरुको बैठकले यस घटनालाई राष्ट्रिय चासोको विषय बनाउने निर्णय गरेको छ । 

एमाले निकट जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण सुनार,  नेपाली कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष झविन्द्र बिक, नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ती मोर्चाका उपाध्यक्ष डिलबहादुर परियार , मुक्ति समाजकै जिल्ला सदस्य कृष्ण नेपाली लगायतको बैठकले यस्तो निर्णय गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की