नन्दराम जैशी/माघ १७ जुम्ला । ग्रामिण क्षेत्रका धेरै गाँउ ठाउँमा रहेका पानी घट्ट संकटमा परिरहेका बेला जुम्ला शनिगाँउ ७ का ४२ वर्षका अमरसिंह रोकायाका दम्पतिले पानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/माघ १७ जुम्ला । ग्रामिण क्षेत्रका धेरै गाँउ ठाउँमा रहेका पानी घट्ट संकटमा परिरहेका बेला जुम्ला शनिगाँउ ७ का ४२ वर्षका अमरसिंह रोकायाका दम्पतिले पानी"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

रोकाया दम्पति पानी घट्ट ब्यवसायबाट मनग्य आम्दानी गर्दै

१७ माघ २०७३, सोमबार ०५:४९

नन्दराम जैशी/माघ १७ जुम्ला । ग्रामिण क्षेत्रका धेरै गाँउ ठाउँमा रहेका पानी घट्ट संकटमा परिरहेका बेला जुम्ला शनिगाँउ ७ का ४२ वर्षका अमरसिंह रोकायाका दम्पतिले पानी घट्ट ब्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । 

रोजगारीका लागि युवाहरू गाउँबाट शहर र शहरबाट विदेशतिर पलायन भएपनि आफ्नै जन्मथलोमा कुटो कोदोलो र घट्ट चलाएर बस्दा पनि राम्रो आम्दानि गर्न सकिएकोमा रोकायाले खुसि ब्यक्त गर्नुभयो । पानी घट्ट ब्यवसायको शुरुवात करीव १ लाख रुपैयाबाट गरेको भन्दै अहिले राम्रै आम्दानी हुने गरेको उहाँकी श्रीमती मैना रोकायाको भनाइ छ ।             

घट्ट पिस्नका लागि एक दीनमा १० देखी १६ जना ग्राहक आउने गरेको मैनाले बताउनुभयो । उहाले भन्नुभयो, विगतका दिनहरुमा अरुले पिसानी घट्टबाट सेवा गरेको देख्दा आफुलाई आश्र्यजनक लाग्थ्यो । 

अहिले आफुले सेवा दिन पाउदा नीकै खुसी लागेको छ । बर्षा र हिउँदमा समेत खोलामा पर्याप्त पानी बग्ने भएकाले पनि आफूलाई घट्ट सञ्चालन गर्न खासै समस्या नपरेको रोकायाका दम्पतिको भनाइ छ । ५ वर्षदेखि घट्ट सञ्चालन गर्दै आउनु भएका रोकायाका दम्पतिले हाल मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आइरहनु भएको छ ।    

 घट्टकै आम्दानीबाट रोकायाका दम्पतिले सात जनाको परिवार पाल्दै आएका छन् । सुरु सुरुमा घट्ट पिस्न दीनु भन्दा आफै पिस्न पाइदा मान्नेहरुले घट्टमा पिस्न जादँ भोक्नु पर्ने दुख कष्ट र शारीरीक सुरक्षा लगायतका समस्या तथा हुन सक्ने संभावित घटनाहरुलाई मध्यनजर गर्दैैै गाँउमा आफैले घट्ट संचालन गरेको रोकाया दम्पतीको भनाइ छ ।      

 गाँउमै छिटो छरीतो सेवा दिनुका साथै सेवाग्राहीले घट्टले पिसेको पिठो राम्रो ठानेपछि अहिले सबै घट्ट पिस्नेहरु आफ्नै घट्टमा आउने गरेका छन्, अमरसिंह रोकायाले भन्नुभयो । उहाँका अनुसार सामान्य लगानी बाट चल्ने पानी घट्ट पेशा गत गर्न सके जिवन निवार्ह गर्ने र गरीबको भविष्य परीवर्तनका लागि आयआर्जको माध्ययम घट्टलाइ अपनाउन सकिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै