सम्राट सिंह/माघ २५, बझाङ । जिल्लाको सदरमुकाम चैनपुरका औषधि पसलमा जिल्ला प्रशासन कार्यालय बझाङले अनुगमन गरेको छ । सदरमुकाम चैनपुरमा दर्ता बिना नै औषधि पसल सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/माघ २५, बझाङ । जिल्लाको सदरमुकाम चैनपुरका औषधि पसलमा जिल्ला प्रशासन कार्यालय बझाङले अनुगमन गरेको छ । सदरमुकाम चैनपुरमा दर्ता बिना नै औषधि पसल सं"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

औषधि पसलमा प्रशासनको अनुगमन: भेटिए दर्ता नै नगरी संञ्चालन गरेका औषधि पसल

२५ माघ २०७३, मंगलवार १६:१९


सम्राट सिंह/माघ २५, बझाङ । जिल्लाको सदरमुकाम चैनपुरका औषधि पसलमा जिल्ला प्रशासन कार्यालय बझाङले अनुगमन गरेको छ । सदरमुकाम चैनपुरमा दर्ता बिना नै औषधि पसल संञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको गुनासो आएपछि प्रशासनले मंगलबार अनुगमन गरेको हो । 

अनुगमन गर्दा सेती अञ्चल अस्पतालका डाक्टर सुरज तिवारी बिदा लिएर दर्ता नै नभएको भगवती क्लिनिकमा शिविर संञ्चालन गरेर बिरामी चेकजाँच गरिरहेका भेटिएको अनुगमन टोलीले जनाएको छ । भगवती क्लिनिकको आयोजनामा २ दिनदेखि सदरमुकाम चैनपुरमा मानसिक रोगीहरुको लागि शिबिर संञ्चालन भएको अवस्थामा अनुगमन टोलीले अनुगमन गरेको थियो । 

जिल्ला प्रशासनले अनुगमन गर्दा जिल्लाको मुटु मानिने सदरमुकाम चैनपुरको बिच बजारमै औषधिको दोब्बर मुल्य लिने गरेको देखि दर्ता बिना नै संञ्चालन गरेको भगवती क्लिनिक भेटिएको जिल्ला अस्पतालको डाक्टर बिष्णु खतिवडाले बताए । अनुगमन गर्दा  औषधि पसलेहरुले दोब्बर मुल्य दिएर जनताको ढाड सेक्ने गरेको छ, जनतालाई लुट्ने यस्ता औषधि पसलेहरुलाई कडा कारबार्हि गर्नुपर्ने उनको भनाइ छ । 

भगवती क्लिनिक भैरवनाथ गाविसका समीत राज धामी ले संञ्चालन गर्दै आएका छन । आजै सदरमुकाम चैनपुरमा रहेको न्यु चैन मेडीकल लगायत अन्य औषधि पसलहरुमा पनि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो ।

औषधि पसल दर्ता सबै ठाउँमा भएको तर प्रमाण पत्र ल्याउन बाँकी रहेको भगवती क्लिनिक का संञ्चालक समित राज धामी बताए । औषधि पसल दर्ता गरी ६०१०६५८११ नम्बरको पान नम्बर समेत लिएको उनको भनाइ छ । 

लामो समय सम्म बझाङको सदरमुकाम चैनपुरमा यसरी दर्ता नै नगरी खुलेयाम मेडिकल संचालन गर्दै आएको भएपनि यहाँको प्रशासन मौन बस्ने गरेको स्थानिय श्याम नेपाली बताए । प्रशासनले पटक पटक औषधि पसल संञ्चालक पक्राउ गर्ने र कानुनी दायरा नल्याएरै छाड्ने गर्नाले यस्ता घटना दोहोरिने गरेको उनको भनाइ छ । 

औषधि पसलले शिबिर संञ्चालन गरेर दोब्बर मुल्य लिने गरेको जनगुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लको नेतृत्वमा अनुगमन टोली पठाएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । उनले भने अनुगमन गर्दा दर्ता नै नगरी संञ्चालन भएका औषधि पसलहरु देखि औषधि दररेटमा दोब्बर लिने गरेको देखिएकाले आवश्यक छानविन गरी काबार्हि पक्रिया अघि बढाइने छ ।  

तस्बिर: सदरमुकाम चैनपुरमा रहेको भगवती क्लिनिकमा अनुगमन गर्दे अनुगमन टोली 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य