ललित बोहरा फागुन ४, डडेल्धुरा - डडेल्धुराको अमरगढी नगरपालिका–३ स्थीत ठूलोखोलामा आइतबार बोलेरो जीप दुर्घटना हुदाँ एकै गाबिसका ७ जनाको ज्यान गएको छ । भने ५ जना घाइते भएका छन । भागेश्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा फागुन ४, डडेल्धुरा - डडेल्धुराको अमरगढी नगरपालिका–३ स्थीत ठूलोखोलामा आइतबार बोलेरो जीप दुर्घटना हुदाँ एकै गाबिसका ७ जनाको ज्यान गएको छ । भने ५ जना घाइते भएका छन । भागेश्व"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपडेट: डडेल्धुरामा जीप दुर्घटना, एकै गाबिसका ७ जनाको मृत्यु, ५ घाइते

४ फाल्गुन २०७३, बुधबार ०९:३०


ललित बोहरा/फागुन ४, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–३ स्थीत ठूलोखोलामा आइतबार बोलेरो जीप दुर्घटना हुदाँ एकै गाबिसका ७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन ।

भागेश्वर गाबिसबाट सदरमुकामतर्फ आउदै गरेको उग्रतारा यातायातको से १ ज ८३३ नम्बरको बोलेरो जीप दुर्घटना हुदाँ ५ जनाको घटनास्थलमा  र २ जनाको उपचारको क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षयक प्रेम शाहीले जानकारी दिनु भएको छ ।

अनपा ३ को ऐडुङरा र आइतको बीचमा पर्ने ठूलोखोलामा बिहान साढे ११ः३० बजेतिर गाडी दुर्घटना हुदाँ भागेश्वर–४ का गणेश सार्की, भागेश्वर–८ का जयानन्द भट्ट र उहाँका छोरा लक्ष्मण भट्ट, भागेश्वर–५ का कामदेव चटौत र नरपति पाण्डेयको घटनास्थलमै ज्यान गएको हो ।


यस्तै उपचारका क्रममा ज्यान गुमाउनेहरुमा भागेश्वर–५ का दिवाकर पाण्डेय र भागेश्वर–७ का पदमबहादुर मल्ल रहेका डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिनुभएको छ । घाइते हुनेमा बगरकोट–४ का गाडी धनी भीम सिंह ठगुन्ना, भागेश्वर–४ का रामेश्वर भट्ट, बैतडीको श्रीकेदार–७ का किशोर भट्ट, भागेश्वर–४ की जानकी भट्ट, भागेश्वर स्वास्थ्य चौकीमा अहेब कञ्चनपुरको झलारीपिलाडी नगरपालिका–७ का मदन साँउद रहेका छन । मदन साँउदलाई अन्यत्र रेफर गरिएको छ । गाडी सडक देखि करिब डेढ सय मिटर तल खसेको हो ।

तीब्र गतिका कारण गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । ९ वटा सिट पास भएको बोलेरोमा गाडीचालक सहित १३ जना सवार थिए । तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीका साथै स्थानियहरुले उद्धार गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन