फागुन ९, काठमाडौं । काभ्रेको डाँडापारी गा.वि.स.जगथलीमा ६ सयभन्दा बढिको स्वास्थ्य परीक्षण गरी शिविर सम्पन्न भएको छ । 

डाक्टर सुदीप श्रेष्ठल १०"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ९, काठमाडौं । काभ्रेको डाँडापारी गा.वि.स.जगथलीमा ६ सयभन्दा बढिको स्वास्थ्य परीक्षण गरी शिविर सम्पन्न भएको छ । 

डाक्टर सुदीप श्रेष्ठल १०"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा ६ सयभन्दा बढि सर्बसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण (फोटोफिचर)

२०७३, ९ फाल्गुन सोमबार १०:१५


फागुन ९, काठमाडौं । काभ्रेको डाँडापारी गा.वि.स.जगथलीमा ६ सयभन्दा बढिको स्वास्थ्य परीक्षण गरी शिविर सम्पन्न भएको छ । 

डाक्टर सुदीप श्रेष्ठल १०३ वर्षिय विष्णुमाया माझीको स्वास्थ्य परीक्षण गरि उदघाटन शिविरको उदघाटन गरेको थियो । सकारात्मक विकास सञ्चार केन्द्रको आयोजनामा सिद्धी स्मृती अस्पताल भक्तपुर र नेपाल स्वास्थ्य शिक्षा वातावरण संरक्षण विकास फाउण्डेशनका प्राविधिक सहयोगमा शिवर सम्पन्न गरिएको हो । 


शिविरमा सहभागी करिब ६ सयभन्दा बढिलाई स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरेको कार्यक्रम संयोजक तथा सञ्चार केन्द्रका सदस्य मनिका लोप्चनले जानकारी दिइन् । स्वास्थ्य परीक्षणमा महिलाको उपस्थिती बढि रहेको बताईन् ।

काभ्रेकै अति विकट ठाउँ घण्टौ समय हिडेर स्वास्थ्य शिविरमा पुगेका सिद्धी स्मृती अस्पतालका बाल रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठको नेतृत्वमा बाल रोग डाक्टर निपुन श्रेष्ठ, स्त्री–रोग डाक्टर कुमारी त्वायना, नर्सिङ सुपरभाइजर रसिला पसखल, आईसीयू इन्चार्ज सुनिता सुवाल र नेपाल स्वास्थ्य शिक्षा वातावरण संरक्षण विकास फाउण्डेशनका जेनेरल फिजिसियन डाक्टर संगम खाइजुको टोलीले सेवा प्रदान गरेको संयोजक लोप्चनले जानकारी दिईन । 


राजधानीकै नजिकको जिल्ला भए पनि उचित शिक्षा र चेतनाको अभावले विकास हुन नसकिएको उक्त क्षेत्रमा स्वास्थ्य शिविर जान समेत कठिनाई भएको घण्टौंको यात्रा पछि पनि ५ घण्टा पैदाल यात्रा गरेर निःशुल्क स्वास्थ्य शिविर राखेको सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले बताए । 

उक्त शिविरमा आएका अधिकंशको आँखको समेत समस्या रहेकोले आगामी दिनमा आँखा परीक्षण तथा मोतीविन्दूको शल्यक्रियाको कार्यक्रम गरिने जानकारी दिए । 


डाक्टर सुदीप श्रेष्ठले विकट क्षेत्रमा सेवा गर्न पाउँद खुसी लागेको व्यक्त गरे संगै केही प्राविधिक कठिनाई भएको पनि जिकिर गरे ।  शिविरलाई सफल बनाउन राष्ट्रिय युवा महासंघ नेपाल, खुशी युवा समाज, जगथली युवा क्लवले सहयकार्यको भूमिका गरेका थिए । 



स्वास्थ्य शिविरको उद्घाटन लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य गणेश लामाले गरेका थिए । उद्घाटनमा बोल्दै लामाले उक्त क्षेत्रमा आफ्नो पार्टीको संसद कोषबाट खानेपानी आयोजनाका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । जगथलीमा अस्पताल स्थापना गर्न समेत सहयोग गर्ने बताए । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन