सास । फागुन २२, बर्दिया । 

पत्रकार महासंघ बर्दिया शाखाको अधिवेशन अवैधानिक भएको भन्दै हिजो प्रेस चौतारीले निकालेको विज्ञप्तिप्रति ध्यानाकर्षण जनाउँदै आज नेपाल प्रेस यूनियन जिल्ला शाखा बर्दिया र प्रेस सेन्टर नेपाल जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । फागुन २२, बर्दिया । 

पत्रकार महासंघ बर्दिया शाखाको अधिवेशन अवैधानिक भएको भन्दै हिजो प्रेस चौतारीले निकालेको विज्ञप्तिप्रति ध्यानाकर्षण जनाउँदै आज नेपाल प्रेस यूनियन जिल्ला शाखा बर्दिया र प्रेस सेन्टर नेपाल जिल"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रेस चौतारीको बक्तब्यबाजी लोकतन्त्रको मर्ममाथि प्रहार

२२ फाल्गुन २०७३, आईतवार १२:१०

सास । फागुन २२, बर्दिया । 

पत्रकार महासंघ बर्दिया शाखाको अधिवेशन अवैधानिक भएको भन्दै हिजो प्रेस चौतारीले निकालेको विज्ञप्तिप्रति ध्यानाकर्षण जनाउँदै आज नेपाल प्रेस यूनियन जिल्ला शाखा बर्दिया र प्रेस सेन्टर नेपाल जिल्ला शाखा बर्दियाले अलग–अलग प्रेस विज्ञप्ति जारी गरेका छन् ।

नेपाल प्रेस यूनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष विनयराज भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा केही साथीहरुले यसरी बक्तब्यबाजी गर्नु भ्रमपूर्ण रहेको र यसले लोकतन्त्रको मर्ममाथि नै प्रहार गरिएको कुरा उल्लेख गरिएको छ । अध्यक्ष मीनराज शर्माले महासंघलाई तिर्नुपर्ने रकम तिर्न नसकेकोले अधिवेशन हलमा उपस्थित हुन नसकेको बक्तब्यबाजी गर्ने साथीहरुलाई थाहा हुँदाहुँदै पनि सबै कुरा कपोलकल्पित भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै अधिवेशनमा गणपूरक संख्या भन्दा पनि बढी साधारण सदस्यहरुको उपस्थिति भएको, शाखामा पुराना तथा नयाँ सदस्यहरुको लिस्ट आइपुगेको र केन्द्रिय अध्यक्षले हस्ताक्षर गरेर अधिवेशन सम्पन्न गर्न प्रतिनिधी पठाउनुभएको कुरा उल्लेख गरिएको छ । विज्ञप्तिमा अधिवेशनका निर्वाचन समितिका संयोजक पनि नियोजित रुपमा अनुपस्थित हुनु र नागरिक समाजका संयोजक भनेर चिनाउन चाहने वहाँ अमुक पार्टीको निर्देशित व्यक्ति भएकोले वहाँकै निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठेको छ । त्यसैले पूर्वाग्रही ढंगले बक्तब्यबाजी गरेर हिड्नु भन्दा एकताबद्ध भएर महासंघलाई सशक्त बनाउन एकजुट हुन विज्ञप्तिमार्फत आग्रह समेत गरिएको छ । 

यसैगरी प्रेस सेन्टर नेपाल बर्दिया शाखाका अध्यक्ष मेनका चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पनि प्रेस चौतारी नेपाल बर्दिया शाखाद्वारा निकालिएको विज्ञप्तिप्रति संगठनको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष आफैले आव्हान गरेको अधिवेशनमा आफै उपस्थित नहुनु चरम गैर जिम्मेवारी कार्य भएको उल्लेख छ । साथै फागुन २० मा भएको अधिवेशन विधिवत रुपमा सम्पन्न भएको छ त्यसैले पूर्वाग्रही ढंगबाट बक्तब्यबाजी गर्दै हिड्नु भन्दा पनि एकतावद्ध भएर महासंघलाई सशक्त बनाउन आग्रह गरिएको छ । 















प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो