फागुन २५, अर्घाखाँची । महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार भन्ने मुख्य नाराका साथ आज अर्घाखाँची सहित देशभर विभिन्न कार्यक्रम गरी १०७ औ अन्तरराष्ट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २५, अर्घाखाँची । महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार भन्ने मुख्य नाराका साथ आज अर्घाखाँची सहित देशभर विभिन्न कार्यक्रम गरी १०७ औ अन्तरराष्ट्"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरी मनाईयो १०७औं नारी दिवस

२०७३, २५ फाल्गुन बुधबार १६:४९


फागुन २५, अर्घाखाँची । महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार भन्ने मुख्य नाराका साथ आज अर्घाखाँची सहित देशभर विभिन्न कार्यक्रम गरी १०७ औ अन्तरराष्ट्रिय महिला दिवस मनाईएको छ । 

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवस मनाउने थालिएको हो ।

सदरमुकाम सन्धिखर्कको शान्तिबगैचाबाट सुरु भएको ¥याली मिडीया चोक, पुरानो वसपार्क, भक्तीटोला, वसपार्क, हललाईन हुदै शान्तीबगैचा आई सभामा परिणत भएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै स्थानिय विकास अधिकारी प्रदीप पौडेलले पुरुष सरह महिलाहरुले काम गर्न सक्ने भएकोले कुनै पनी काममा पछि नहटन आग्रह गर्नुभयो । नेपाली कांग्रेसका जिल्ला उपसभापती शान्ता भण्डारीले कांगेस अर्घाखाँचीले महिला र पुरुषलाई समान पद दिएकोले पुरुष सभापती भए उपसभापती महिला बनाई सुरुवात गरेकोले लगत्तै हुदै गरेको स्थानिय निकाएको चुनावमा महिला मेयर तथा अध्यक्ष भए पुरुष उम्मेदवार तथा उपाध्यक्ष भई महिला र पुरुषलाई समान पद दिएर सुरुवात गर्न आफु लागिपर्ने बताउनुभयो ।

नेकपा एमालेका उपाध्यक्ष जिवनारायण कोईराला, राप्रपाका सचिव शम्शुदीन मियाँ, जनमोर्चाका सचिव गोपाल पौडेल, नयाँ शक्तीका दिनेश सुनार, परिवार दलका डिल्लीराज भुसाल, नेपाल महिला संघका लक्ष्मी श्रेष्ठ, अनेमसंघका विजुला रायमाझी, अनेमसंघ जनमोर्चाका कल्पना पोखरेल, नयाँ शक्ती महिला संघका श्रृजना विक, अन्तरपार्टी महिला सञ्जालका ईश्वरा पोखरेल, एकल महिला संघका जिल्ला अयष खगिश्वरा वस्याल, पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, लालिगुरास महिला बचतका जानका बन्जाडे लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुती समेत रहेको थियो । 

दश समुहको सहभागीता रहेको कार्यक्रममा लागीगुरास महिला बचत तथा ऋण सहकारी संस्था प्रथम, प्रगतिशिल समुह दृतिय, माछापुच्छे्र समुह तृतिय र सुआहारा परियोजनाको समुह शान्तव्ना भएका थिए । विजयी समुहहरुलाई नगद रु ४०००, ३०००, २००० र १००० सहित प्रमाण पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।

महिला तथा बालबालीका कार्यालय अर्घाखाँचीको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता निमित्त महिला विकास अधिकृत विमला लम्छाल, गिता पाण्डेको स्वागत तथा नेपाल महिला संघका जिल्ला सचिव छमा कार्कीको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ