टेक शाही/फागुन २८, डोल्पा । गएको दुइ दिन देखि परेको भारि हिमपातले डोल्पाको जनजिवन पूरै प्रभाबित भएको छ । 

माथिल्लो डोल्पका ७ गाविसमा २ फिट भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन २८, डोल्पा । गएको दुइ दिन देखि परेको भारि हिमपातले डोल्पाको जनजिवन पूरै प्रभाबित भएको छ । 

माथिल्लो डोल्पका ७ गाविसमा २ फिट भन"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारि हिमपातले डोल्पाको जनजिवन प्रभाबित, मौसममा सुधार आएन

२८ फाल्गुन २०७३, शनिबार १२:५५


टेक शाही/फागुन २८, डोल्पा । गएको दुइ दिन देखि परेको भारि हिमपातले डोल्पाको जनजिवन पूरै प्रभाबित भएको छ । 

माथिल्लो डोल्पका ७ गाविसमा २ फिट भन्दा धेरै जिमपात भए पछि जनजिवन पूर्ण रुपमा प्रभाबित भएको छ । निरन्तर परेको हिमपात सदरमुकाम दुनैमा एक फिट भन्दा बढि हिउ जमेको छ भने चिसोले जनजविन कष्टकर भएको छ । माथिल्लो डोल्पाको हिमापतले फोक्सुण्डो, भिजेर, सालादागँ, तिन्जे, धो, छार्का र मुकोट गाविसको पूरै जनजिवन प्रभाबित भएका हुन ५ हजार ६ सय भन्दा धेरै उचाइमा रहेका माथिल्ला डोल्पाका बस्तिहरुमा कम्तीमा पनि ३ फिट सम्म हिउ जमेको अनुमान गरएको छ । 

गएको बर्ष पनि हिउदमा हिउ नँपरेको र यस बर्ष पनि मँसिर,पूस र माघ महिनामा बेलाबेलामा कर्णालीका अन्य जिल्ला र हिमाली जिल्लामा ३ पटक भन्दा बढिल हिउ परे पनि डोल्पामा भने हिउ पर्न सकेन । गएको बिहिबार राती देखि माथिल्लो डोल्पामा र शुक्रबार बिहान ९ बजे देखि राती ११ बजे सम्म झण्डै १४ घण्टा सम्म निरन्तर परेको भारी हिमपात डोल्पाको सदरमुकाम दुनै सम्म आधा फिट भन्दा धेरै जमेको हो । 


हिउदमा डोल्पामा बसेर हिउ खेल्न रमाउनेहरको इच्छा पूरा हुने गरि हिउ परे पछि शनिबार बिहानै देखि दुनैका कर्मचारि,सर्वसाधारणहरु हिउमा रमाएका थिए । डोल्पा आएको एक साता पनि नँबित्दै यति धेरै हिउ खेल्न पाउदा जिवनको अबिसमरणिय क्षण नै भएको प्रमूख जिल्ला अधिकारि केशव राज शर्मा आचार्यले खुसि ब्यक्त गर्नु भयो । बिहानै देखि सबै मानिस हिउ खेल्दै रमाउदैमा दिन बिताएका छन । 

लामो समय देखि हिमपात र बर्षा नँभए पछि बिभिन्न रोगहरु फैलिन लागेको बेला बर्षा र हिमपात हुन भए पछि डोल्पाका कृषकहरु खुसि भएका छन । चैत्रको पहिलो साता देखि आलु र अन्तीम साता देखि मकै,कोदो,चिनो,सिमी लगायतका अन्नबाली लागउन सजिलो हुने भएकोले खेति गर्न सजिलो हुने भन्दै कृषकहरुले खुसि ब्यक्त गरेका हुन । शुक्रबार राति सम्म परेको भारि हिमपातले डोल्पाको पूरै भुभाग सेताम्य भएका छन । सदरमुकाम बाहेक अन्य गाविसका बस्तिमा १ फिट भन्दा बढि हिउ जमेको छ । हिउ धेरै जमे पछि पशु बस्तुहरुलाइ पानि र घाँस पनि घरमै दिने गरेका छन । 

गएको २ बर्ष पहिले २०७१ सालमा मँसिर २७ गते् यसरि नै भारी हिमपात भएको थियो त्यस पस्चात डोल्पाको सदरमुकाम सम्म यस पालि भारि हिमपात भएको हो । एक्कासि भारि हिमपात भए पछि चिसो पनि ह्वात्तै भढेको छ । चिसो बढे पछि चिसोका बिरामी पनि बढने चिकित्सकको अनुमान रहेको छ । 


चिसोले सबै भन्दा बढि बालबालिका र बृद्धाबृद्धलाइ प्रभाबित पार्ने र निमोनिया लगाउतका चिसोको कारण लाग्ने रोगहरु लाग्ने भएको कारण तातो कपडा लगाउने,तातो पानि र झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह् दिएका छन । भारि हिमपात पछि डोल्पाको न्यनतम तापक्रम माइनसमा गएको छ । 

हिउदको समयमा मँसिर,पूस र माघमा परेको हिउले कुनै समस्या नँपार्ने तर फागुन देखि पछाडि परेको हिउले भने ठुलो क्षेति पुर्याउने गरेको बुद्धिजिवीहरुको दावि रहेको छ । यति बेला परेको हिउ पानिको मात्र धेरै हुने भएकोले अत्याधिक भार हुने र जमिन पूरै तातिएको हुने हुनाले हिउ पहिरो जाने गर्दछ । 

यसरि गएको हिउ पहिरोले बनजँगल,बाटो,पुल,चौरिगाँइहरुलाइ समेत क्षेति पुरयाउने गर्दछ । बनमा रहेका चौरिहरु हिउ पहिरोमा परेर मर्ने गरेकोले लाखौको क्षेति ब्यहोर्नु पर्ने माथिल्लो डोल्पाका चौरि पालक कृषकहरु बताउछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला