६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गिट्टी कुटेको ज्याला माग्दा महिलामाथि कुटपिट, उपचारका लागि नेपालगन्ज पठाईयो

१९ जेष्ठ २०७४, शुक्रबार ०९:५८

जेठ १९, जाजरकोट । गिट्टी कुटेको पैसा माग्दा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका– ३ टट्टाकी पुतला बुढालाई कुटपिट गरिएको छजि

ल्लाको भेरी नगरपालिका–३ स्थित न्यू महालक्ष्मी कपडा पसलकी मालिक मायादेवी शाहीले उनलाई कुटपिट गरेकी हुन । गिट्टी कुटे वापतको आफ्नो लिनुपर्ने पाँच हजार रुपैयाँ मागेपछि अहिले छैन, पछि लैजानु भनेर शाहीले जवाफ दिएका थिए । घरमा खाने एक गेडा अन्न छैन, मलाई दुई सय जति भए पनि दिनु भनेर शाहीको अगाडि रोएकी बुढालाई मेरो पसलमा आएर रुने, अशुभ भयो, अव मेरो व्यापार हुँदैन भनि कपडा नाप्ने मिटरले टाउकोमा हिर्काएपछि उनी घाइते भई पसलभित्रै ढल्न पुगेकी थिइन् ।

बेहोस भई लडेकी बुढालाई स्थानीयले उपचारका लागि जिल्ला अस्पतालमा पु¥याएका थिए । भात खाने चामल लिएर आउँछु भनेकी आमा घाइते भएर अस्पतालमा छन्, भनेको खबर सुन्दा उनका छोराछोरी रुदै अस्पताल पुगेका थिए ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकको सल्लाह बमोजिम बुढालाई थप उपचारका लागि नेपालगन्ज ल्याएको उनका श्रीमान् शक्तिबहादुर बुढाले बताउनुभयो । बुढा दैनिक गिट्टी कुटेर छोराछोरी पाल्ने महिला हुन् । गिट्टी नकुटे उनको चुलो बल्दैन् । उनका श्रीमान् मनबहादुर काठको काम गर्छन् ।

श्रीमती कुटिएको दिन मनबहादुर त्रिवेणी नलगाड नपा– ३ स्थित टट्टा घरमा गएका थिए । आर्थिक अवस्था कमजोर रहेका बुढा दम्पती काम गरेर दैनिक परिवार पाल्दै आएका छन् । काम गरेको पैसा माग्दा उल्टै साहुबाट कुटिनुपर्ने अवस्था निन्दनीय भएको स्थानीयको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प