२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गिट्टी कुटेको ज्याला माग्दा महिलामाथि कुटपिट, उपचारका लागि नेपालगन्ज पठाईयो

२०७४, १९ जेष्ठ शुक्रबार ०९:५८

जेठ १९, जाजरकोट । गिट्टी कुटेको पैसा माग्दा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका– ३ टट्टाकी पुतला बुढालाई कुटपिट गरिएको छजि

ल्लाको भेरी नगरपालिका–३ स्थित न्यू महालक्ष्मी कपडा पसलकी मालिक मायादेवी शाहीले उनलाई कुटपिट गरेकी हुन । गिट्टी कुटे वापतको आफ्नो लिनुपर्ने पाँच हजार रुपैयाँ मागेपछि अहिले छैन, पछि लैजानु भनेर शाहीले जवाफ दिएका थिए । घरमा खाने एक गेडा अन्न छैन, मलाई दुई सय जति भए पनि दिनु भनेर शाहीको अगाडि रोएकी बुढालाई मेरो पसलमा आएर रुने, अशुभ भयो, अव मेरो व्यापार हुँदैन भनि कपडा नाप्ने मिटरले टाउकोमा हिर्काएपछि उनी घाइते भई पसलभित्रै ढल्न पुगेकी थिइन् ।

बेहोस भई लडेकी बुढालाई स्थानीयले उपचारका लागि जिल्ला अस्पतालमा पु¥याएका थिए । भात खाने चामल लिएर आउँछु भनेकी आमा घाइते भएर अस्पतालमा छन्, भनेको खबर सुन्दा उनका छोराछोरी रुदै अस्पताल पुगेका थिए ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकको सल्लाह बमोजिम बुढालाई थप उपचारका लागि नेपालगन्ज ल्याएको उनका श्रीमान् शक्तिबहादुर बुढाले बताउनुभयो । बुढा दैनिक गिट्टी कुटेर छोराछोरी पाल्ने महिला हुन् । गिट्टी नकुटे उनको चुलो बल्दैन् । उनका श्रीमान् मनबहादुर काठको काम गर्छन् ।

श्रीमती कुटिएको दिन मनबहादुर त्रिवेणी नलगाड नपा– ३ स्थित टट्टा घरमा गएका थिए । आर्थिक अवस्था कमजोर रहेका बुढा दम्पती काम गरेर दैनिक परिवार पाल्दै आएका छन् । काम गरेको पैसा माग्दा उल्टै साहुबाट कुटिनुपर्ने अवस्था निन्दनीय भएको स्थानीयको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु