२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ वर्षमा विहे, १६ वर्षमा सन्तान, १८ वर्षमा अर्को विहे, श्रीमान खाडीमा

२०७४, ३० जेष्ठ मंगलवार १०:१९

 शंकर के सी/जेठ ३०, सल्यान । सल्यानमा आमा पोइल हिडेपछि ढाइ वर्षिय नावालकको विचल्ली भएको छ । 

‘एकछिन् निदाए पनि राती ब्युझीएर आमा खोज्दै धुरु धुरु रुन्छ,’ सल्यान किमुचौरकी शान्ति रोकाले भनिन्– ‘ढाइ वर्षको मेरो नाती उमेशलाइ छाडेर आमा पोइल गएपछि अहिले नातीको विचल्ली भएको छ ।’


छोरा छोडेर अर्कै संग विहे गरेर हिडेकी रातो घेरामा खुमा र सँगै नयाँ घरतीरका आफन्ती

जिल्लाको कपुरकोट गाउंपालिका वडा नम्बर ४ निवासि खुमा अर्कै केटासंग भागेर विहे गरेपछि नावालक उमेश विचल्लीमा परेका हुन् । वालकका हजुरबुवा महाविर रोकाले आमाको काखमा खेल्ने, खाने र रमाउने उमेरमा निष्ठुरी मन गरेकी बुहारी अरुसंगै भागेर गएपछि अहिले नातीलाइ भुलाउन गाह्रो भइरहेको जनाए ।

उनले भने– ‘छोरो विदेशमा छ, वुहारी अन्तै पोइल गइ, नाती आमा सम्झदै रुन्छ, उसलाइ देखेर हाम्रो पनि आंखाबाट आंशु झरिदिन्छ ।’ नातीको स्याहार, सुसार, लालनपालन, शिक्षा, दिक्षा लगाएतका कुरामा असर पर्ने भन्दै उनले खुमालाइ पापी आमाको संज्ञा दिए ।

मोवायलको गलत प्रयोग

घरपरिवारमा झैँ–झगडा केहि नभएको भए पनि आफुहरुको सोझोपनको फाइदा उठाएर मोवायल फोनको गलत प्रयोग गरि बुहारी अन्तै पोइल गएको महाविरको बुझाइ छ । छोरो विदेश भएको मौकामा बुहारिले वेलावेला फोनमा अरु संगै कुराकानी गर्ने र जिस्कने गरेको संका शान्ति र महाविरको थियो ।

धेरै दिनको संकापछि एक दिन सासु शान्तिले बुहारीको अरु कसैसंग मोवायलमा कुरा भइरहेको अवस्थामा मोवायल फोन खोसिदिइन् ।  मोवायलमा दाङ स्थीत एक जना केटा संग विभिन्न कुराहरु भएको रेकर्ड पनि फेला पारिन् । त्यसको दुईतीन दिन पछि गत जेठ ६ गते खुमा दाङ घोराहि उपमहानगरपालिका निवासि लिल बहादुर बुढाथोकी संग नावालक छोरालाइ समेत छाडेर पोइल हिडेकी थिइन् ।

 ढाइ वर्षको नावालक उमेश र उसकी हजुरआमा शान्ति रोका

उनले मोवायलमा दिन प्रतिदिन कुरा हुंदै जांदा विहे गर्ने सम्मको कुरा चलेपछि आफु भागेर गएको जनाइन् । उनले भनिन्– ‘श्रीमानले विदेशबाट खर्चपर्च पनि पठाइदिन्थे तर मोवायलमा दाङका लिल बहादुरसंग कुराकानी हुनथालेपछि अरु केहि ख्याल नगरेर उ संगै गएं ।’ कपुरकोट गाउंपालिका ३ मुलपानी भन्ने ठाउंमा माइती घर भएकी खुमाको विक्रम संवत् २०७० असोज १४ गते किमुचौरका तिलक रोका संग विहे भएको थियो । 

१५ वर्षको सानो उमेरमै विहे गरेकी खुमाले १६ वर्षकी हुंदा छोरा जन्माइन् । र अहिले १८ वर्षकी हुंदा उनी पहिलो घरबार त्यागेर अर्काे विहे गरिन् । एक अर्कालाइ राम्रो संग नबुझेर सानै उमेरमा विवाह गर्दा यस्तो समस्या आएको कपुरकोट गाउंपालिका ३ का वडाअध्यक्ष मिन बहादुर सेनले जनाए ।

उनले भने– ‘आत्मनिर्भर नभएरै सानो उमेरमा विवाह हुंदा रोजगारीको लागी श्रीमान विदेश लगाएतका ठाउंमा जानुपर्ने, यता घरमा मोवायल, फेसबुक जस्ता सामाजिक संजालको गलत प्रयोग र लहैलहैमा लागेर श्रीमती अरु संगै लालायीत भएको देखियो ।’ वालविवाहलाइ रोक्न सक्ने हो भने पनि यी लगाएत यस्तै प्रकारका धेरै समस्या उत्पन्न नहुने उनको बुझाइ छ । र उनले वालविवाह न्युनिकरणका लागी आफुले विशेष अभियान चलाउने पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु