४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै मार्तडी बन्द

६ असार २०७४, मंगलवार ०५:५८

असार ६, बाजुरा । स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताका लागि छेडेदह गाउँपालिकामा नारा जुलुसमा भएको नेपाली काँग्रेस र नेकपा (एमाले) कार्यकर्ताबीच भएको दोहोरो झडपमा परी मृत्यु भएका हंसबहादुर रावतको दोषीलाई कारबाही माग गर्दै एमालेले आज सदरमुकाम मार्तडी बन्द गराएको छ । 

मङ्गलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा रावतको हत्या गर्ने काँग्रेस कार्यकर्तालाइ कारबाही गर्नका लागि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई ज्ञापनपत्र बुझाएका थिए । 

ज्ञापनपत्र बुझाएको दोस्रो दिन बिहानदेखि नै बजार बन्द गरेको एमाले बाजुराले जनाएको छ । मनोनयन दर्तामा गएका बेला रावतलाई ढुङ्गा हानेर हत्या गरेको भन्दै आज जिल्लाका मार्तडी, कोल्टीलगायतका बजार क्षेत्रमा बन्द गर्दै आन्दोलनका कार्यक्रम गर्ने एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिनुभएको छ । 

उहाँले रावतको हत्या गर्नेलाई कारबाही प्रक्रिया नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताउनुभयो । यता नेपाली काँग्रेस बाजुराले पनि मङ्गलबार नै नेपाली काँग्रेसका नेता धनराज पण्डितको नेतृत्वमा एक टोलीले रावतको हत्या नगरेको र आफैँ दमको रोगी भएकाले बेहोस भई मृत्यु भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस जिल्ला सभापति कविराज पण्डितले बताउनुभएको छ । 

उहाँले रावतको हत्या नभई बेहोसमा मृत्यु भएकाले राजनीतिक प्रश्रय दिएर आन्दोलन गर्नु व्यर्थ भएको पण्डितको भनाइ रहेको छ । पण्डितले निर्दोषी छेडेदह गाउँपालिकाका प्रमुखका उम्मेदवार नरबहादुर रावत, नेपाली काँग्रेसका नेता पदमबहादुर रावत र देवबहादुर रावतलाई रिहा गर्न माग गरेको बताउनुभयो । 

हत्याको आरोपमा पक्राउ परेका तिनैजना रावतलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । काँग्रेसले बुझाएको ज्ञापनपत्रमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको पत्रमा उल्लेख गरिएको काँग्रेसले जनाएको छ । 

बजार बन्दसँगै आन्दोलन तयारी भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनमा बजार तोडफोड र तनावग्रस्त हुने भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोली बजारमा पठाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की