साउन १४, नुवाकोट । “आम्नै नि त्यो भूकम्पको कुरा नसम्झनाउनु नानी, रुन मात्र आउँछ ।” 

दुई वर्षअघिको विनाशकारी भूकम्प गएको सम्झँदा अहिले पनि मेघ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १४, नुवाकोट । “आम्नै नि त्यो भूकम्पको कुरा नसम्झनाउनु नानी, रुन मात्र आउँछ ।” 

दुई वर्षअघिको विनाशकारी भूकम्प गएको सम्झँदा अहिले पनि मेघ"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटका भूकम्प पिडित भन्छन- ‘भूकम्पको कुरा नसम्झाउनु, रुन मात्र आउँछ’

२०७४, १४ श्रावण शनिबार ११:४३


साउन १४, नुवाकोट । “आम्नै नि त्यो भूकम्पको कुरा नसम्झनाउनु नानी, रुन मात्र आउँछ ।” 

दुई वर्षअघिको विनाशकारी भूकम्प गएको सम्झँदा अहिले पनि मेघाङ गाउँपालिका–२ बुङताङकी टीकामाया तामाङको शरीर काम्न थाल्छ । चौथो पटकको सन्तान जन्मदै गर्दाको प्रसव पीडाले थिचिरहेका बेला भरोसा भएको एक मात्र स्वास्थ्य चौकी भत्किएर पालमा सरेको थियो । जहाँ उहाँलाई सुत्केरी हुन सजिलो थिएन । 

“सुत्केरी हुन कति गाह्रो भयो, घर जाउँ घर भत्किएको थियो, स्वास्थ्य चौकी पनि पालमा थियो, पानी परेर झन सकस भयो, कसरी ती दुःखका दिन बिते होला अहिले सम्झन खोज्दा पनि सातो जान्छ नानी” टीकामायाले विगत सम्झँदै अढाइ वर्षीय छोरालाई मुसार्दै भन्नुभयो । 

घामपानी छेक्ने घर झत्केको थियो । तीन छोरी र भर्खरै जन्मेको छोराको आमालाई त्यो समय श्रीमान्को यादले निकै सतायो । ऋणको बोझबाट मुक्त हुन उहाँका श्रीमान् भूकम्प आउनुभन्दा केही समयभन्दा पहिले मात्र विदेशिनुभएको थियो । उहाँलाई नेपाल बोलाउने अवस्था पनि भएन त्यो समय टीकामायाले सुस्केरा हाल्नुभयो । 

पालको भरमा बारीमा दिन काट्दा पानी र चिसोले छोराछोरी बिरामी हुँदा सामान्य उपचार गर्न नसक्दा केही दिन त झत्केका स्वास्थ्य चौकीतिर टोलाउनुबाहेक विकल्प थिएन । 

नुवाकोटको सदरमुकाम विदुर नगरपालिकाबाट करिब २० किमी दूरीमा पर्ने बुङताङका बासिन्दाका लागि नजिकै अस्पताल भनेकै बुङताङ स्वास्थ्य चौकी नै थियो । 

भूकम्पपछि १४ अति प्रभावित जिल्लामध्येको एक नुवाकोट जिल्लाका १७ स्वास्थ्य चौकी बनाउने जिम्मा लिएको जर्मन विकास सहयोग (जिआइजेट) ले बनाइएको आफ्नो गाउँको नयाँ स्वास्थ्य चौकी भवन देखेपछि टीकामाया मात्र होइन बुङताङका अन्य बासिन्दाको पनि हर्षको सीमा रहेन् । 

स्वास्थ्य चौकी निर्माण गरेपछि जिआइजेटले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा आउनुभएकी ६० वर्षीय शुल्कु तामाङले सामान्य पेट दुख्दा, ज्वरो आउँदाआउँदा धाएरै अन्त जानुपर्ने दुःखका दिन सकिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “भूकम्पअघि हाम्रो अस्पताल भनेकै स्वास्थ्य चौकी नै थियो, पछि पालमा स्वास्थ्य चौकी हुँदा गर्भवती, बच्चा, वृद्धवृद्धालाई निकै गाह्रो थियो, कति औषधि पाइँदैन्थ्यो, अब त भवन बन्यो हामीलाई सजिलो हुन्छ ।” 

भूकम्पको समयमा सुत्केरी हुन समस्या भएपछि १८ वर्षमै आमा बन्न लागेकी रीना सुनारलाई पनि त्यो समय सम्झन मन लाग्दैन । “सदरमुकाम गएर बच्चा जन्माए, यहाँ घर स्वास्थ्य चौकी सबै भत्किएको थियो, केही सामान थिएन, औषधि थिएन, अब नयाँ भवन बन्यो सबै सामान पनि आएको छ, अब त सजिलो हुन्छ ।” 

भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जिआइजेडको आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । 

नयाँ स्वास्थ्य चौकीको भवन हेर्दै ७० वर्षीय फुच्ची तामाङले हाँस्दै भन्नुभयो, “घरआँगनै मै उपचार हुन्छ, हाम्रा पालमा बिरामी हुँदा पनि औषधिको मुख देख्न पाइन्थ्यो, जे होस् अहिलेका छोरीबुहारीलाई पनि बच्चा जन्माउँदा उति दुख्न खेप्न पर्दैन, जाति भयो ।” 

भूकम्पका समयमा भत्केका दुई वर्ष बित्दा पनि कतिका घर बरु बनिसकेका छैनन् । तर उपचार गर्ने घर बनेपछि भने बुङताङका महिलाले सुखको अनुभव गरेको सुनाए । 

१४ वर्षदेखि बुङताङमा स्वयंसेविका रहेकी पासाङ तामाङले गाउँका धेरै महिलामा आङ खस्ने, सेतो पानी बग्ने, हातखुट्टा दुख्ने, दाँत दुख्नेलगायतका समस्या भए पनि सम्बन्धित समस्याका लागि राम्रो उपचार गर्न धाएरै सदरमुकाम जानुपर्ने अवस्था रहेको बताउनुभयो । 

नुवाकोटमा रहेका ७५ स्वास्थ्य संस्थामा ३० वटामा पूर्ण, २० वटा आंशिक क्षतिग्रस्त भएका थिए । नेपालका लागि जर्मनका कार्यवाहक राजदूत ज्याकलिन ग्रोथले भूकम्पबाट पुगेको क्षतिको पुनःनिर्माणको लागि जर्मन सरकारले जनाएको प्रतिबद्धताअनुसार नुवाकोट, धादिङ र रसुवामा करिब रु २० करोडको लगानीमा स्वास्थ्य संस्था निर्माण गरिएको बताउनुभयो । 

बुङताङ स्वास्थ्य चौकी रु आठ करोड ४९ लाखको लगानीमा निर्माण गरिएको हो । जिआइजेडद्वारा नवनिर्मित स्वास्थ्य चौकीको भवनमा प्रसूति, परिवार नियोजन, नेपाल सरकारबाट उपलब्ध भएका विभिन्न ३८ प्रकारका निःशुल्क औषधि, खोप कार्यक्रमलगायत स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा सञ्चालन गर्न नौ कोठाको आधुनिक संरचनामा रहेका छन् । 

नुवाकोटका प्रमुख जनस्वास्थ्य प्रशासक वसन्त अधिकारीले जिल्लाको साविक १६ गाविसको १७ स्थानमा निर्माण गरेको स्वास्थ्य चौकीमा जनशक्ति र उपकरण अभाव भएकाले त्यसको व्यवस्थापन मिलाउन स्वाथ्स्य मन्त्रालयमा पहल भइरहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला