टेक शाही/साउन १६, डोल्पा । जिल्ला समनवय समितिको सबै पदामा मनोनयन दर्ता भएको छ । 

सायोजक १,उपसँयोजक एक र सदस्य ७ जना गरि ९ सदस्यि जिल्ला समन्वउ सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन १६, डोल्पा । जिल्ला समनवय समितिको सबै पदामा मनोनयन दर्ता भएको छ । 

सायोजक १,उपसँयोजक एक र सदस्य ७ जना गरि ९ सदस्यि जिल्ला समन्वउ सम"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

समन्वय समितिको मनोनयन दर्ता, सबै पद निर्बिरोध, घोषणा गर्न बाँकी

२०७४, १६ श्रावण सोमबार १६:३१


टेक शाही/साउन १६, डोल्पा । जिल्ला समनवय समितिको सबै पदामा मनोनयन दर्ता भएको छ । 

सायोजक १,उपसँयोजक एक र सदस्य ७ जना गरि ९ सदस्यि जिल्ला समन्वउ समितिको चयनका लागि सोमबार ९जनाको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारि दिएको छ ।

मनोनयन दर्ता गर्नेहरुमा शेर बहादुर बुढा सँयोजक,नरबहादुर बुढा  उपसँयोजक,रामप्रसाद महत सदस्य,मैन बहादुर ठकुल्ला सदस्य,देबी घर्ति सदस्य,देबी लक्ष्मी रोकाया सदस्य,माँया कुमारि ठकुल्ला सदस्य र प्रेमलाल कामी एमालेबाट र चन्द्र बहादुर बुढा सदस्य राप्रपाबाट रहनु भएको छ । 


समन्वउ समितिमा सँयोजक, उपसँयोजक सहित एमालेका ८ जना र राप्रपाका एक जना सदस्य गरि ९ जनाको मनोनयन दर्ता भएको छ । सबै पदमा उम्मेछारि मनोनयन एकल र निर्बिरोध भएकोले घोषणा मात्र गर्न बाँकि रहेको मूखय निर्वाचन कार्यालयले जानकारि दिएको छ । 

स्थानिय तहको निर्वाचनमा राप्रपासँग समिकरण गरेको आधारमा समन्वय समितिमा पनि एक सदस्य राप्रपालाइ दिएको नेकपा एमाले जिल्ला कमिटि डोल्पाले जानकारि दिएको छ । 

जम्मा ८ वटा स्थानिय तह रहेको डोल्पा जिल्लामा ६ वटा स्थानमा एमालेले बिजय हाँशिल गरेको थियो भने २ वटामा नेकपा माओबादि केन्द्रेले बिजय हात पारेको थियो । माकेले २ स्थानमा जित हात पारे पनि जिल्ला समन्वय समितिमा भने कुनै पदमा पनि दावि गर्न सकेन र एमाले र राप्रपाले स्थानिय तहको निर्वाचनमा जस्तै समिकरणमा मनोयन दर्ता गरेका छन । 


जिल्ला समन्वय समितिमा ४ वटा स्थानिय तहबाट मात्र सदस्यहरु मनोनित गरिएको छ । माथिल्लो डोल्पाका ३ गँउपालिका र तल्लो डोल्पाको जगदुल्ला गाँउपालिकाबाट भने कुनै पनि पदमा मनोनित गरिएको छैन । 

माथिल्लो डोल्पालाइ फेरि पनि पाछाडि पारिएको छ । माथिल्लो डोल्पामा एमाले र राप्रपाले जित हात पारेको ठाँउमा कुनै पदमा मनोनित गरिएन । जस्ले गर्दा माथिल्लो डोल्पाका स्थानियहरुले दुख ब्यक्त गरेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै