१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकै बारीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलालाई ६ जनाले बलात्कार गरेको खुलासा

२१ भाद्र २०७४, बुधबार ११:११

भदौ २१, बनेपा । सामूहिक बलात्कारका कारण एक हप्ताअघि एक महिलाको ज्यान गएकोसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ । 

फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न बुधबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो । 


‘अझै विस्तृत अनुसन्धान जारी छ, यो घटनामा अझै केहीको संलग्नता भए उनीहरुलाई पनि ल्याउँछौँ’ प्रहरी उपरीक्षक थापाले भन्नुभयो । बनेपामा जडान भएको सिसी टिभी क्यामेराको सहयोगमा खोजी गर्दा अभियुक्तहरुलाई फरक फरक मितिमा फरक फरक स्थानबाट एक हप्ताको अवधिमा पक्राउ गरिएको थियो । पक्राउ परेका सबै अभियुक्तले प्रहरीलाई बलात्कारमा संलग्न भएको बयान दिएका छन् । 

रिक्सा चलाउने, प्लम्बर कार्यमा संलग्न भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने महेश परियार, सिन्धुपाल्चोकको मेलम्ची–१४ बस्ने ३२ वर्षीय कुलबहादुर भन्ने सीताराम थापा, रामेछापको लखनपुर–१ बस्ने २४ वर्षीय प्रकाश परियार र सोही जिल्लाको नाग्रेगर्गचे–१ बस्ने सञ्जय भन्ने ३३ वर्षीय दिलबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टा नजिकै एक हप्ताअघि मकैबारीमा मृत अवस्थामा फेला परेकी बनेपा–१० बस्ने ५७ वर्षीय नानु आलेमगरमाथि सामूहिक बलात्कार भएको थियो । उनीसँग अभियुक्तहरुको विगतमा पनि यौन सम्बन्ध कायम रहेको प्रहरीले जनाएको छ । 

प्रहरी उपरीक्षक थापाका अनुसार उनी विगतमा पनि मादकपदार्थ सेवन गरी घरमा नआउने गरेको कारण खोजीका लागि पीडित पक्षले उजुरी नगरेको जानकारी दिँदै अर्धनग्न अवस्थामा फेला परेकी उनको शव देखेर आफन्तले चिनेका थिए । अभियुक्त सबैलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइनेछ । मृतकको अझै शवपरीक्षण प्रतिवेदन आइनसकेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह