सोमबार दिउँसो विप्लप समुह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सोमबार दिउँसो विप्लप समुह"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाले रामेछापका स्थानीय विकास अधिकारीमाथि कार्यकक्षमै मोविल खन्यायो

२०७४, २ आश्विन सोमबार १४:२२

प्रज्वल पौडेल/असोज २, रामेछाप । रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई नेकपाका कार्यकर्ताले मोविल खन्याएर फरार भएका छन् ।


सोमबार दिउँसो विप्लप समुहका कार्यकर्ताले स्थानीय विकास अधिकारी पन्तको कार्यकक्षमै पुगेर कालो मोविल खन्याएर भागेका हुन् । आफु कार्यकक्षमा एक्लै बसिरहेको बेलामा एउटा फाइल लिएर पुगेको अपरिचित व्यक्तिले फाइल पढ्न दिएर कालो पदार्थ (मोविल) छर्केर भागेको जिससमा पत्रकार सम्भेलन गरि पन्तले बताए । घटनापछि अपराधिक कार्यमा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गर्द‌ै पन्तले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । 


यसैविच जिल्ला समन्वय समिति रामेछापले घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा कार्यालयमा काम गरिहेको अवस्थामा स्थानीय विकास अधिकारी पन्तको शरिरमा कालो मोविल खन्याईनुलाई निन्दनिय, अपराधिक र कायरतापुर्ण घटना भनिएको छ । घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारवाही अघि बढाउन जिल्ला समन्वय समितिले सम्वद्ध पक्षको ध्यानाकर्षण समेत गराएको छ ।


यता नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्ती मार्फत घटनाको जिम्वेवारी लिएको छ । स्थानीय विकास अधिकारी पन्तले राजनैतिक दलको मिलेमतोमा विभिन्न समयमा आर्थिक चलखेल गरेको आरोप लगाउदै त्यसको कारवाही स्वरुप मोविल खन्याईएको विज्ञप्ती मार्फत जनाएको छ । 

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्तीमा गत आर्थिक बर्षमा विविध शिर्षकको नाममा १९ करोड भन्दा बढि विभिन्न राजनैतिकदलको मिलेमतोमा स्थानीय विकास अधिकारी पन्तले अनियमितता गरेको, जिविसले जिल्लाको आयव्ययमा वर्तमान विकेन्द्रीत व्यवस्था अनुसार जिल्ला स्थित ३ वटा कार्यालयलाई ३९ करोड ८२ लाखको विवरण स्पष्ट दिन नसकेको, जिल्लामा ढुंगा गिट्टी र बालुवाको न्युनतम अंक निर्धारण गर्दा प्रारम्भिक वातावरण मुल्यांकन प्रतिवेदनले तोकेको परिणाम भन्दा बढि निकाल्न नपाईने गरी नियन्त्रण व्यवस्था कर निर्धारण नगरेको भन्दै स्थानीय विकास अधिकारीलाई मोविल खन्याईएको जनाएको छ ।


नेपाल कम्यनिष्ट पार्टी जिल्ला नेता विवेक लामाले नयाँ संरचना बनिसकेपछि पनि मिलेमतोमा स्थानीय विकास अधिकारी दिनेशराज पन्तले आर्थिक अनियमितता गरेको भन्दै कालो मोविल खन्याएर कारवाही गरेको बताए ।

स्थानीय विकास अधिकारी माथि भएको उक्त घटनाको विभिन्न संघ संगठनले निन्दा गरेका छन् । कर्मचारी मिलन केन्द्र, आधिकारीक ट्रेड युनियन कर्मचारी, विभिन्न संघ संस्था र राजनीतिक दलका प्रतिनिधिले समेत उक्त घटनाको निन्दा गर्दै दोषी माथि कारबाहीको माग गरेका छन् ।

यो पनि पढ्नुहोस 

विप्लव माओवादीको अर्को आतंक: भूकम्प आएछ भन्दै कर्मचारीहरु भागाभाग !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल