२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ वाम एकताका मध्यस्थता वामदेव गौतमको बयान

१९ आश्विन २०७४, बिहीबार ०२:४७

असोज १९, काठमाडौँ । तीन पार्टीबीचको एकता घोषणा निकै ठूलो प्रयासबाट सम्भव भएको हो । 

त्यसो त ०६३ सालमै मैले प्रचण्डजीलाई एमाले र माओवादीबीच एकताको प्रस्ताव राखेको थिएँ । त्यसवेला उहाँले भन्नुभो, ‘त्यसो भए तपाईंले आफ्नो पार्टीमा कुरा राख्नुस् र आउनुस् ।’ मैले प्रचण्डजीको प्रस्ताव तत्कालीन महासचिव माधवकुमार नेपालसमक्ष जस्ताको तस्तै राखेँ । उहाँले हुन्छ, लौ अघि बढ्नुस् भनेपछि मैले यही कुरा फेरि प्रचण्डजीलाई सुनाएँ । 

त्यसपछि प्रचण्डजीले भन्नुभो– एकता प्रस्तावबारे पहिले दुवै पार्टीबाट संस्थागत निर्णय गराऊँ । यो कुरा मैले महासचिव माधव कमरेडसमक्ष राखेँ । त्यसपछि केन्द्रीय कमिटी बैठकबाटै हामीले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न कम्युनिस्ट पार्टीहरूबीच एकीकरण गर्नुपर्छ भन्ने निर्णय नै गर्‍यौँ । यो निर्णयसहितको दस्ताबेज आदान–प्रदान पनि भयो । माओवादीसँग वार्ताका लागि म र विष्णु पौडेल रहेको दुई सदस्यीय वार्ता कमिटी बन्यो । 

पछि समितिमा अहिलेका महासचिव ईश्वर पोखरेल पनि थपिनुभयो र माओवादीसँग दुई–तीन चरण बैठकसमेत बस्यौँ । माओवादीको तर्फबाट पनि तीनजना हुनुहुन्थ्यो । दस्ताबेज तयारीका लागि समितिसमेत बनेको थियो । तर, एकताको सार्थक धरातल बन्न नसकेपछि समिति आफैँ भंग भयो । माओवादीको कार्यदलमा मोहन वैद्य पनि हुनुहुन्थ्यो । सिद्धान्त, विचार, कार्यशैली नमिलेसम्म एकता सम्भव छैन भन्ने वैद्य माओवादी कार्यदलमा हावी भएपछि धेरै वातावरण बिग्रियो ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि माओवादीको नेतृत्वमा एमालेसहितको संयुक्त सरकार निर्माण भयो । सरकार बन्दा नै दुवै पार्टीबीच एकताको तहसम्म जानुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यहीबीचमा प्रधानसेनापति रुक्माङगद कटुवाल प्रकरण आयो । प्रचण्डजीको राजीनामापछि सरकार गिर्दा एकतामा समस्या खडा भयो, सम्बन्धमा तिक्तता छायो । यद्यपि, त्यसपछि पनि एकताका निम्ति सामान्य प्रयत्नहरू नभएका होइनन् । तर, अघि बढ्न सकेन ।

यिनै शृंखला अघि बढ्दै जाँदा १२ वैशाख ०७२ को भूकम्पपछि फेरि पार्टी एकताको विषयले प्रवेश पायो । भूकम्पलगत्तै प्रचण्डजीलाई लाजिम्पाटमा गएर मैले फेरि एकताको प्रस्ताव राखेँ । भनेँ– तपाईंले प्रमुख प्रतिपक्षी दलको हैसियतमा भूमिका निर्वाह गरिराख्नुभएको छ, अब सबै मिलेर भूकम्पपीडितको पुनस्र्थापना र संविधान निर्माणमा एकताबद्ध हुने घोषणा गर्नुस् । उहाँले त्यस्तै घोषणा पनि गर्नुभयो । 

त्यो घोषणापछि मैले संविधान निर्माणका लागि प्रयत्न गरौँ भन्ने प्रस्ताव प्रचण्डजीलाई मात्रै होइन, तत्कालीन प्रधानमन्त्री सुशीलजी र पार्टी अध्यक्ष केपी ओलीसमक्ष पनि राखेँ । सबैले हुन्छ भने पनि कसैले प्रयत्न नगरेपछि म फेरि यही प्रस्ताव लिएर साउनमा प्रचण्डजीको निवास लाजिम्पाटमा पुगे“ । प्रचण्डजीसँग पहिले संविधान जारी गर्ने, संविधान कार्यान्वयनका लागि तीनवटै पार्टी सम्मिलित संयुक्त सरकार निर्माण गर्ने र आगामी निर्वाचनसम्म एमाले र माओवादीबीच पार्टी एकता पनि गर्ने गरी जाऔँ भन्ने प्रस्ताव राखेँ । 

उहाँ यो प्रस्तावमा सहमत हुँदै भन्नुभो– आ–आफ्ना विचार थाती राखेर भए पनि संविधान जारी गर्नका लागि म तयार हुन्छु । त्यसपछि अरू सबै पार्टीलाई सहमत गराउन प्रचण्डजी, हाम्रो पार्टी अध्यक्ष ओलीजी र सुशीलजी सक्रिय बन्नुभयो । अन्ततः मधेस आन्दोलन र टीकापुरजस्ता ठूला घटना भए पनि तीन पार्टी विचलित नभई क्रियाशील हुँदा संविधान जारी भयो । 

तर, संविधान घोषणापछि एमाले नेतृत्वमा सरकार गठन गर्ने विषयमा संविधान जारी हुनुअघि नै छलफल चल्यो । तर, कांग्रेसले एमाले नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पा¥यो । त्यहीवेला सरकार गठनका विषयमा छलफल गर्न मैले फेरि प्रचण्डजीसँग छलफल गरेँ । कांग्रेसले समर्थन नगर्ने भएपछि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउन एमाले, माओवादी केन्द्र मात्रै होइन, अरूलाई पनि सामेल गरेर सरकार बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भयो । 

तर, त्यो गम्भीर छलफलमा प्रचण्डजीले तीनवटा सर्त राख्नुभयो । पहिलो, सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने, दोस्रो आउने सबै निर्वाचनमा दुई पार्टी मिलेर चुनाव लड्ने । तेस्रो, दुई पार्टीबीच एकता गर्ने । यी तीन काम गर्ने सर्तमा केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने उहाँको सर्त थियो ।

लाजिम्पाटमा प्रचण्डले गरेको यो प्रस्ताव मैले सीधै पार्टी अध्यक्ष ओलीलाई जस्ताको तस्तै सुनाएँ । अरू साथीहरूलाई पनि जानकारी गराएँ । उहाँको मौखिक प्रस्तावलाई हामीले पनि मौखिक रूपमै जवाफ दिँदै भन्यौँ– आगामी दिनमा हुने सबै निर्वाचनमा मिलेर जाने र पार्टी एकता पनि गर्ने । दुई पार्टीबीच यो मौखिक समझदारीपछि नै उहाँले प्रधानमन्त्रीको उम्मेदवार केपी कमरेडलाई समर्थन गर्नुभयो र माओवादी सरकारमा सामेल भयो । तर, सरकार बनेपछि निर्वाचनमा कसरी जाने, पार्टी एकता गर्ने कि नगर्ने भन्नेजस्ता कुनै पनि विषयमा योजना बनेन, खासमा सार्थक छलफल भएन ।

केपी कमरेडको सरकारले नौ महिना पार गर्न लाग्दैथियो । त्यहीबीचमा ०७३ वैशाखमा नहुनुपर्ने घटना भयो । माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर बनेको सरकारमा प्रचण्डजी प्रधानमन्त्री बन्नेसम्मको सहमतिमा हस्ताक्षर हुने स्थिति बन्यो । अन्तिम–अन्तिमवेला प्रचण्डजीले मलाई लाजिम्पाट बोलाउनुभयो । त्यहाँ उहाँले भन्नुभयो– कांग्रेसले मलाई समर्थन गरिसक्यो, तपाईंहरू ९एमाले०ले पनि समर्थन गर्‍यो भने राष्ट्रिय सहमतिको सरकार बन्छ । मैले तत्काल जवाफ फर्काएँ– यस्तो हुनै नसक्ने कुरा तपाईंले किन सोच्नुभयो रु दोस्रो, एमालेले तपाईंलाई समर्थन गरोस् भन्नुको अर्थ एमालेले आफ्नो अध्यक्षको नेतृत्वमा बनेको सरकार विघटन गर्ने भन्ने हो । 

यस्तो त एमालेले सोच्न पनि सक्दैन । मैले उहाँको प्रस्तावलाई त्यहीँ ‘रिजेक्ट’ गर्दिएँ । तर लामो छलफलपछि हामी निष्कर्षमा पुग्यौँ– सरकार फेर्ने तर गठबन्धन नफेरि प्रचण्डलाई प्रधानमन्त्री बनाउने । बालुवाटार पुगेर प्रधानमन्त्रीलाई मैले त्यो रिपोर्ट गर्दै भनेँ– प्रचण्डजीको प्रस्ताव मान्ने हो भने गठबन्धनबाट उहाँ प्रधानमन्त्री बन्नुहुन्छ, अन्यथा गठबन्धन टुट्ने नै भयो ।

त्यसपछि फेरि एकपटक प्रचण्डजीसँग छलफल गरेर टुंगो लगाउने भन्दै बालुवाटारमै छलफलमा बसियो । त्यसवेला फेरि पार्टी एकताको प्रसङगले प्रवेश पायो । प्रचण्डजी प्रधानमन्त्री बन्ने, पार्टी एकता गर्ने, सबै निर्वाचनहरू मिलेर लड्ने समझदारी फेरि भयो । तर, प्रचण्डलाई प्रधानमन्त्री बनाएर गठबन्धन जोगाउने कुरामा हाम्रो पार्टीमा मतभिन्नता भयो । कमरेड झलनाथ, माधव र म प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि गठबन्धन जोगाउँदै एकताको दिशामा जानुपर्छ बरु नौ महिना माओवादीले नेतृत्व गरेपछि नेतृत्व एमालेले लिनुपर्छ भन्नेमा थियौं । 

यो कुरालाई बरु प्रचण्डजीले स्वीकार गर्नुभो । तर हाम्रै पार्टीमा सहमति भएन । त्यहा“बाट विषय भा“डियो । बजेट पारित भएको केही दिनमै माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरायो र नयाँ किसिमले राजनीतिक घटनाक्रम विकास हुँदा पार्टी एकताको प्रसंग अपुरो रह्यो ।

उतारचढावबीच गत फागुनबाट फेरि एकताको विषय अघि बढ्यो । फागुनमा मैले प्रचण्डजीलाई भेटेर सिधै पार्टी एकताको कुरा गरेँ । त्यसभन्दा पहिले नारायणकाजी श्रेष्ठको निवासमा उहाँ र मबीच छुट्टै कुरा भएको थियो । यो कुरा अध्यक्ष ओलीलाई रिर्पोटिङ गरेको थिएँ । वार्ताबीचमा वैशाखको पहिलो साता पार्टी एकीकरणसम्म जाने निष्कर्ष निकालियो । पार्टी अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा मिलेर जानेगरी वार्ता चलाउन मलाई निर्देशन दिनुभयो । वार्ताको दौरानमा एमालेबाट म र माओवादीबाट नारायणकाजी खटिनुभएको थियो । 

हामीबीच चुनावमा मिलेर जाने र पार्टी एकता गर्ने सहमति भयो । यी दुई विषय टुंगो लागेपछि प्रचण्डजीलाई जानकारी गराउँदै दुई पार्टीका अध्यक्ष बसेर सबै कुरा टुंगो लगाउन भनियो । तर अध्यक्षसहितको बालुवाटारको पछिल्लो बसाई परिणाममुखी हुन सकेन । खासमा उहाँहरुको बसाई मुख्य विषयभन्दा पनि अन्य विषयमा अल्झिएछ । तर, त्यसपछि पनि हार मानिनँ । 

पहिलो चरणको निर्वाचनका लागि उम्मेद्वारी मनोनयन सुरु हुन लागेको थियो । वैशाख दोस्रो साता चार महानगरपालिकामध्ये एमाले र माओवादीले २(२ ओटा लिएर तालमेलसहित जाने सहमति भयो । यही कुरा अध्यक्षलाई रिर्पोटिङ गरेँ । तर उहाँले दुईओटा हुँदैन, ललितपुर महानगर दिँदा सहमति हुन्छ भने गरौं भन्नुभो । तर प्रचण्डजीले ललितपुर होइन, एउटा दिँदा भरतपुर हुन्छ भने सहमति गरौं भन्नुभो । त्यहाँ हामीले उम्मेद्वार बनाइसकेकाले फिर्ता लिने स्थिति हुन्न भन्ने अडान हाम्रो अध्यक्षले जानकारी गराएपछि त्यसपटकको प्रयास पनि त्यहीँ टुंगियो ।

मैले प्रयत्न जारी राखेँ । असार १४ मा दौस्रो चरणको निर्वाचनपछि प्रचण्डजी र म फेरि लाजिम्पाटमा बस्यौं । वार्ताहरुमा पहिले तालमेल गरेर एउटै चुनाव चिन्ह्बाट चुनावमा लड्ने र त्यसपछि संयुक्त सरकार संचालन गर्ने दौरानमा मात्रै पार्टी एकता गर्ने भन्दै आएका थियौं । तर त्यो बसाईंमा भने कमरेड प्रचण्डले भन्नुभो–असोज २ मा निर्वाचन आएको छ, हामी सरकारमा पनि छौं, अहिले नै एमालेसँग तालमेल गर्ने, एकताको घोषणा गर्ने भन्दा त्यसपछि यी सबै काम गर्दा नैतिकरुपमा पनि उपयुक्त हुन्छ । त्यसैले हामी प्रदेन नं २ को निर्वाचनको प्रतीक्षामा बस्यौं ।

असोज २ को निर्वाचनपछि हामी गम्भीर छलफलमा बस्यौं । निर्वाचन सम्पन्न भएको तीन दिनपछि ५ असोजमै वार्ता सुरु भयो । त्यो बैठकमा प्रचण्डजी, म र जनार्दन शर्मा थियौं । त्यो बैठकबाटै हामीले पहिले पार्टी एकताको घोषणा गरेर मात्रै चुनावमा तालमेल गरेर जाने अन्तिम निष्कर्ष निकाल्यौं । त्यसअघिसम्म एउटै चुनाव चिन्ह लिएर लड्ने कुरा भएको थियो । तर बैठकमा प्रचण्डजीले भन्नुभो–एउटै चुनाव चिन्ह लिएर जाने, सरकारमा पनि सामेल भइरहने, प्रमुख प्रतिपक्षीसँग पनि मिलेर जाने कुराले हामी नैतिक रुपमा कमजोर हुन्छौं । त्यसोभए पार्टी एकता घोषणा गरौं, त्यसपछि त चुनावमा एउटै चुनाव चिन्ह्बाट जाने कुरामा पनि नैतिकताको प्रश्न उठ्नेछैन । त्यही दिन मोडालिटी बनाइसकेपछि दुई अध्यक्षको बैठकमा प्रचण्डले प्रस्ताव राख्नुभो–पार्टी एकताको घोषणा गर्ने, एउटै चुनाव चिन्ह लिएर चुनावी तालमेल गर्ने । हाम्रो अध्यक्षले पनि त्यो प्रस्तावलाई समर्थन गर्नुभो ।

त्यसपछि उहाँहरुले सहमति लिपिबद्ध गर्न हाम्रोतर्फबाट विष्णु पौडेल र प्रचण्डजीले जनार्दन शर्मालाई खटाउनुभयो । दुई पार्टीका अध्यक्ष र मस्यौदाकारबीच छुट्टाछुट्टै वार्ता चल्न थालेपछि मलाई अध्यक्षले वार्तामा खटाउनुभएन । यद्यपि, उहाँहरुबीचको निरन्तर प्रगति विवरण लिएर मैले कमरेड प्रचण्डसँग छुट्टै कुराकानी गरिरहेको थिएँ । यही क्रममा गत १२ गते मंगलबार अष्टमीको दिनबाट दुई दिन अध्यक्षहरुबीच ललितपुरस्थित एक घरमा आमनेसामने गम्भीरतापूर्वक कुराकानी भयो । अरु बैठक पनि राती–बिहान निरन्तर हुँदै गए । 

१४ गते टिकाको राति दुई अध्यक्षको बैठकले मस्यौदा फाईनल गर्‍यो । भोलिपल्ट बालकोटस्थित अध्यक्षको निवासमा बसेको स्थायी समिति बैठकले एकताको मस्यौदालाई सर्बसम्मत अनुमोदन गर्‍यो । अध्यक्षले ‘ड्राफ्ट’ पढेर सुनाउनुभो । हामी सबैले हात उठाएर समर्थन जनायौं । कर्तलध्वनी बज्यो । सबै साथीहरु खुशी हुनुभो । सायद स्वतन्त्रता हुन्थ्यो भने बैठकमै साथीहरु नाच्नुहुन्थ्यो । राष्ट्र समृद्धीको यूगमा प्रवेश गर्‍यो, हामी समाजवादसम्म पुग्छौं भन्ने खुशीको अभिव्यक्ति सबै साथीहरुले प्रकट गर्नुभो ।

१६ गते साँझ माओवादीको सचिवालय बैठकले पनि एकताको प्रस्ताव पारित गर्‍यो । १७ गते ललितपुरस्थित एक घरमा अन्तिम छलफल भयो । पहिले हामीले एउटै निर्वाचन चिन्ह्बाट लड्ने सहमति गरेका थियौं । तर उहाँहरुले निर्वाचन आयोग, कहाँकहाँ सम्पर्क गर्नुभो । 

निर्वाचन ऐनको व्यवस्थाबमोजिम जाने भन्नेथ्यो, तर त्यो कानुन अनुसार चुनाव चिन्ह् लिने म्याद भदौ २७ गते नै सकिएको रहेछ । यो कुरा उठेपछि आ–आफ्नो चिन्ह लिएर भए पनि तालमेल गरेर जाने, चुनाव सकिएपछि एकताको सबै काम सम्पन्न गर्ने भन्ने अन्तिम समझदारी भयो । बेलुकी ५ बजे राष्ट्रियसभा गृहमा पत्रकार सम्मेलन गरेर ६ बुँदे समझदारी सार्बजनिक गर्‍यौं । नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?