२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक्ली महिला उम्मेदवार भन्छिन्- ‘समानुपातिकबाट सिट सुरक्षित हुँदा-हुँदै प्रत्यक्षमा भिडन आएँ ’

२०७४, २१ कार्तिक मंगलवार ०७:४८

कात्तिक २१, तेह्रथुम । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तापछि तेह्रथुममा पनि चुनावी माहोल बढेको छ।

यहाँबाट प्रतिनिधिसभाका लागि ठूला तथा साना गरी ११ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेकामा एक्ली महिला उम्मेदवार हुन्, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ ।


यसअघि दुईवटै संविधानसभाको निर्वाचनमा समानुपातिकबाट सभासद् बनेकी राज्यमन्त्री गुरुङले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी हुन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उनलाई पार्टीको जिल्ला कार्यसमितिले प्रतिनिधिसभामा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

जिल्लामा दलहरूले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिलालाई अगाडि सारेका छैनन् । अधिकांश दलका जिल्लास्थित कार्यसमितिले गरेको सिफारिसमा प्रत्यक्षतर्फ महिलाको नाम छैन । नेकपा (एमाले)ले पूर्वसभासद् विष्णुमाया विकको नाम प्रत्यक्षतर्फ सिफारिस गरेर पठाए पनि माथिल्लो निकायले टिकटका लागि योग्य ठानेन । जिल्लामा राजनीतिमा पूर्णकालीन भएर लागेका महिलाको समेत प्रत्यक्षतर्फ खासै चर्चा भएन।

देशैभरिको तथ्यांक हेर्दा पनि दलहरूले प्रत्यक्षतर्फ महिलालाई कमैमात्र उम्मेदवार बनाएका छन् । जिल्लामा योग्य र क्षमतावान महिला हुँदाहुँदै पनि पुरुषवादी चिन्तनका कारण महिलामाथि दमन गरेर टिकट नदिने गरिएको आरोप लगाउँछिन्, राज्यमन्त्री गुरुङ । ‘समानुपातिकतर्फ ५० प्रतिशत महिला सिट सुरक्षित नगरिएको भए संसद्मा महिलाको सहभागिता शून्यजस्तै हुन्थ्यो’ उनी भन्छिन्।

जिल्लामा लोकप्रिय महिला नेत्रीको रूपमा परिचित गुरुङ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा समेत राम्रो प्रभाव राख्ने महिला युवा नेत्री हुन्। उनी भन्छिन् ‘जिल्लाबाट प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएपछि पनि मलाई केन्द्रीय समितिले महिला कोटाबाट समानुपातिकमा सिट सुरक्षित गर्न भनेकै हो ।’ उनले थपिन्  ‘तर, मैले कमसेकम म पछाडिको पुस्तालाई महिला र युवाले पनि गर्न सक्छन् भन्ने सोचको विकास गराउन प्रत्यक्षतर्फको टिकट लिएरै छाडे ।’

म महिला हुँ तर मैले सधैँ महिलामात्रै भएर बस्नुहुँदैन, अझै पनि कतिपय महिलाको दैनिकी राज्यको पहुँचभन्दा टाढा चुलो चौका सम्हालेर र घुम्टो ओढेरै बितिरहेको छ । मैले आत्मनिर्भर र क्षमतावान् महिलासहितको समाजको कल्पना गर्न सक्नुपर्छ, उनले भनिन्।

कांग्रेसमा विद्यार्थी राजनीति देखिनै क्रियाशील गुरुङ नेपाल महिला संघ, तेह्रथुमको अध्यक्ष हुँदै केन्द्रीय सचिव, पार्टीको महासमिति सदस्य र केन्द्रीय सदस्य भएको हुन्।

जिल्लाबाट नेपाली कांग्रेसको राजनीतिमा ०१५ सालपछि केन्द्रीय समितिमा राम्रो पहुँच राख्ने तथा राज्यमन्त्री हुने पहिलो नेत्री गुरुङ हुन्। जिल्लाकै लोकप्रिय महिला नेत्री भएकैले पनि कांग्रेसबाट उनको उम्मेदवारी बलियो छ । 

उनको विरुद्धमा वाम गठबन्धनबाट निवर्तमान सांसद भवानीप्रसाद खापुङसहित अन्य १० पुरुष उम्मेदवार छन् । वाम गठबन्धनका उम्मेदवार नेता खापुङ एमालेबाट तेस्रो पटक उम्मेदवार बनेका हुन्। विसं ०६४ को चुनावमा कांग्रेसका तुलसी सुब्बासँग पराजित उनी ०७० मा सुब्बालाई नै पराजित गर्दै सभासद् भए। अहिले भने गुरुङ र खापुङबीच प्रतिस्पर्धा हुने देखिएको छ। गुरुङले महिला र युवाका मुद्दालाई जोडतोडले उठाएकी छन्। 

खापुङ पनि वाम गठबन्धनबाट स्थायी सरकारको नारा लिएर अघि बढेका छन्।

प्रतिनिधिसभा सदस्यका लागि संघीय समाजवादी फोरम नेपालका तुलसीप्रसाद अधिकारी, नेकपा मालेका डिल्लीबहादुर बुढाथोकी, राप्रपा प्रजातान्त्रिकका गौरीप्रसाद कन्दङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शंकरमान लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका गंगाप्रसाद चोङवाङ, राष्ट्रिय जनमोर्चा पार्टीका हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, नयाँशक्ति पार्टी नेपालका टंकबहादुर भट्टराई र राष्ट्रिय जनमुक्ति पार्टीका सागरनाथ रेग्मीको उम्मेदवारी परेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से