२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

१८ माघ २०७४, बिहीबार ०२:०४

माघ १८, काठमाडौँ । बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे । यो खबर रमेश खतिवडाले आजको नागरिकमा लेखेका छन्।

७- ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास चुलो, भाँडा र प्लास्टिकका गिलास निकाले अनि चुलो बाल्न सुरु गरे, भाँडामा पानी बसाले, चिनी, चियापत्ती हाले । चिया तयार भयो । उनीहरुकै साथीको अर्को समूहले ब्यानर टाँग्यो, जसमा लेखिएको थियो, ‘हामी हाम्रो साथी मदनलाई बचाउन चाहन्छौं ।’

बिहानको चिसोमा चोकवरपर जम्मा भएका सर्वसाधारण ससाना बालबालिकाले चिया पकाएको हेर्न झुम्मिए । केही बेरपछि भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी आइपुगे । केसीले ससाना विद्यार्थीले सहपाठीको उपचारका लागि थालेको सहयोग अभियानको प्रशंसा गरे, उनीहरुले पकाएको चिया पिए र सहयोग संकलन बाकसमा पाँच हजार रुपैयाँ राखिदिएर अभियान सुरु गरे ।

भीमेश्वर नगरपालिका ५ ठुल्ढुंगाका १४ वर्षीय मदन केसी गौरीशंकर बोर्डिङ स्कुलबाट ८ कक्षासम्मको पढाइ पूरा गरेर यसै शैक्षिक सत्रमा सदरमुकामकै कालिञ्चोक उच्च माविमा ९ कक्षामा भर्ना भएका थिए । बाबु नारायण केसी सोही स्कुलमा सहायक थिए । आमा मीना चरीकोटको बजारमा नाङ्लो पसल चलाउँथिन् । बहिनी बोर्डिङमै पढ्दै थिइन् ।


मदनको पढाइ राम्रै चल्दै थियो । बाबुआमाको कमाइले परिवार जेनतेन चलेकै थियो । दुई महिनाअघि एक दिन मदनलाई अचानक ढाड दुख्यो । नजिकैको मेडिकल गए । एक्सरे गर्दा केही समस्या नदेखिएपछि उनीहरु फर्किए । 

१५ दिनपछि फेरि घुँडालगायत शरीरका विभिन्न भागमा दुख्ने समस्या देखियो । बाबुआमाले झाँक्रीकोमा लिएर गए । ठीक भएको अनुभूतिपछि मदन फेरि स्कुल जान थाले । स्कुलमा नेपाली सेनाले राष्ट्रिय सेवा दलअन्तर्गत विद्यार्थीलाई दिएको तालिममा उनी पनि सहभागी थिए ।

सेनाले उनीसहित सहभागीलाई भ्रमणका क्रममा एक महिनाअघि विराटनगर लिएर गयो । खेलकुदसहित केही सामान्य अभ्यास थियो । पाँचौं दिन उनको अनुहार अचानक सुन्नियो । 

धरानस्थित बिपी कोइराला मेमोरियल अस्पताल लगियो । अस्पतालले उनको रगत र शरीरमा रगतको मात्रा जाँच गर्यो । ब्लड क्यान्सरको आशंकामा उनलाई तत्काल भक्तपुर क्यान्सर अस्पताल रिफर गरियो । भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकले बोनम्यारो गरेर रिपोर्ट दिल्ली पठाए । एक सातापछि उनको रिपोर्ट आयो । उनलाई ब्लड क्यान्सर भएको रहेछ ।

चारपटकसम्म किमो गर्नुपर्ने डाक्टरहरुले बताए । गरिबीका परिवारसँग खर्च अभाव भयो । परिवारले मदनलाई भक्तपुरबाट सिभिल अस्पताल पुर्याए । अहिले उनलाई सिभिलमै भर्ना गरिएको छ । 

डाक्टरहरुले बाबु नारायणलाई उपचार सम्भव रहे पनि ग्यारेन्टी गर्न नसक्ने र महँगो हुने बताएका छन् । ‘कसरी छोरा बचाउनु, थाहा छैन’, नारायणले रुँदै भने ।मदनलाई ब्लड क्यान्सर भएको मदनले भर्खरै छाडेको गौरीशंकर बोर्डिङ स्कुलको कक्षा ७ मा पढ्ने विद्यार्थीले उनकी बहिनी मनिषामार्फत थाहा पाए । 

मनिषाले घरको पीडा सहपाठीलाई  रुँदै सुनाएपछि उनीहरुले आपसमा सल्लाह गरे, शिक्षकसँग पनि सल्लाह गरे । शिक्षिका विन्देश्वरी खतिवडासहितले सहयोग संकलन गर्न सुझाव दिए ।

कक्षा ७ का विद्यार्थीले कक्षाकोठामा गल्ती गर्दा ५ रुपैयाँ जरिवाना तिर्ने नियम थियो । ६ महिनाअघि सुरु भएको यो नियमले दुई हजार रुपैयाँ जम्मा भएको थियो । 

यो रकम मदनको उपचारका लागि नगन्य थियो । अरु विकल्प के ? कक्षा ७ की एलिना पोखरेलका अनुसार विद्यालय र घरमा गृहकार्य गर्ने समयबाहेक बचेको समयमा चोकमा चिया पकाएर बेच्ने र मिलनलाई सहयोग जुटाउने विषयमा विद्यार्थीले छलफल गरे । उनीहरुले विद्यालय व्यवस्थापनसँग अनुमति मागे । व्यवस्थापनले स्थानीय प्रशासनसँग पनि अनुमति लिइदियो ।

त्यसपछि विद्यार्थीले बुधबार बिहान चिया बेच्ने अभियान सुरु गरेका हुन् । ‘५, ६ र ७ कक्षाका विद्यार्थी यो अभियानमा छौं’, एलिनाले भनिन्, ‘हरेक दिन बिहान ७ देखि ९ बजेसम्म र दिउँसो ४ देखि ५ बजेसम्म चिया बेची सहयोग रकम उठाएर पठाउछौं ।’ उनका अनुसार २४ गतेसम्म चल्ने अभियानमा तीनवटा कक्षामा रहेका ७४ जनाले विभिन्न समूह बनाएर पालैपालो चोकमा खटिने नियम बनाएका छन् ।

स्कुले विद्यार्थीले चलाएको अभियानमा बुधबार ५७ हजार ९ सय ६५ रुपैयाँ संकलन भएको छ । मदनका बाबु नारायण, बहिनी मनिषा र स्कुलका प्राचार्यको रोहबरमा बुधबार संकलन भएको हिसाब सार्वजनिक गरिएको छ ।

विद्यार्थीको अभियानमा सातदोबाटो चोकमा आउजाउ गर्ने सर्वसाधारणले साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा