२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्रीमा आकर्षण, सभामुखमा देखिएनन् आकांक्षी

१९ माघ २०७४, शुक्रबार ०१:४५

माघ १९, काठमाडौं । प्रदेश ३ को मुख्यमन्त्रीमा रस्साकस्सी देखिए पनि सभामुखमा भने हालसम्म आकांक्षी देखिएका छैनन् । 

प्रदेश ३ को पहिलो बैठकमा सभामुखको भूमिका निभाएर बाहिरिएका सांसद डोरमणि पौडेल निकै खुसी देखिन्थे।  मकवानपुर २ ‘ख’ बाट निर्वाचित ७१ वर्षीय पौडेल ज्येष्ठ सदस्य भएकाले पहिलो बैठकको अध्यक्षता गर्ने अवसर पाएका हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।


प्रदेशसभा बैठक सकेर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सभामुखको भूमिका मात्रै नभई त्यसभन्दा माथिको जिम्मेवारी (मुख्यमन्त्री) दिए पनि आफूले पूरा गर्ने बताए।

उनले सभामुखको भूमिका निर्वाह गर्दा फरक अनुभूति भएको सुनाए। ‘निकै उत्साहित थिए, सहजै सम्पन्न पनि गरेको छु’, हेटौंडा नगरपालिकामा दुई पटक मेयरमा निर्वाचित पौडेलले भने, ‘बैठकको अध्यक्षता गर्न मैले पूर्वतयारी गरेको थिए, त्यसैले मलाई सहज भयो।’

प्रदेश मुख्यमन्त्रीका लागि भने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता राजेन्द्र पाण्डेबीच कडा प्रतिस्पर्धा छ। पौडेलले मुख्यमन्त्रीको चर्चा गरिरहँदा बैठकस्थलबाट दुई आकांक्षी शाक्य र पाण्डे बाहिरिँदै थिए।

दुवैले पहिलो बैठक ऐतिहासिक रहेको भन्दै प्रदेश मुख्यमन्त्रीको दौडमा आफू अघि रहेको प्रतिक्रिया दिए। मुख्यमन्त्रीको बढी चर्चामा रहेकी शाक्यले आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी दिए त्यसलाई सहज ढंगले पूरा गर्नेमा आशावादी रहेको बताइन्। ‘यो प्रदेशमा मभन्दा वरिष्ठ नेता छैन, त्यसमाथि महिला मुख्यमन्त्री हुने एउटा मात्र प्रदेश यही मात्र देखिएको छ’, उनले भनिन्, ‘मलाई पार्टीले उम्मेदवार बनाउनेमा ढुक्क छु।’

पार्टीभित्र अन्य आकांक्षी रहे पनि सर्वसम्मत रूपमा आफ्नो पक्षमा निर्णय हुने उनको भनाइ थियो। वाम गठबन्धनको निर्णयअनुसार प्रदेश ३ को मुख्यमन्त्रीको भाग एमालेले पाएपछि पार्टीले चाँडै निर्णय गर्ने शाक्यले बताइन्।

उनले पार्टीभित्र सर्वसम्मत हुन नसके निर्वाचन प्रणालीबाट मुख्यमन्त्री टुंगो लाग्ने बताइन्। ‘सर्वसम्मतको प्रयास हुन्छ, सहमति हुन नसके निर्वाचनबाट मुख्यमन्त्री टुंगो लाग्नेछ।’

मुख्यमन्त्रीका अर्का आकांक्षी पाण्डेले पनि सहमति हुन नसके निर्वाचनबाटै उम्मेदवारको टुंगो लगाउनुपर्ने बताए। ‘हामी दुवै दौडमा छौं, अहिले कसले पाउने भन्ने छैन। हामीभन्दा माथि पार्टी छ, पार्टीले टुंगो लगाउनेछ’, पाण्डेले भने, ‘सहमति भएन भने निर्वाचन हुन्छ र आधिकारिक उम्मेदवार छानिनेछ।’

प्रदेश ३ मा एमाले एक्लैको बहुमत छ। प्रदेशसभामा एमालेबाट ५८, माओवादी केन्द्रबाट २३, कांग्रेसबाट २१, विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीबाट २, नयाँशक्ति नेपाल, राप्रपा र राप्रपा प्रजातान्त्रिकबाट एक/एक गरी एक सय १० प्रदेशसभा सदस्य छन्।

संघीय सपनाले पूर्णता पाएको ऐतिहासिक दिन बिहीबार संसद् छिर्ने अधिकांश माननीय युवा देखिन्थे। सीमान्त वर्ग, समूदायबाट प्रतिनिधित्व गर्नेको पनि बाहुल्य थियो।

राप्रपा (प्रजातान्त्रिक) की प्रदेशसभा सदस्य रिना गुरुङले नयाँ पुस्ताको जोस जाँगर र पुरानो पुस्ताको अनुभवलाई मिलाएर देश विकास गर्नुपर्ने बताइन्। ‘मैले प्रदेशसभामा युवापुस्ताको बाहुल्य देखें, यो राम्रो पक्ष हो’, उनले भनिन्, ‘म मात्र होइन पहिलो पटक संसद् बैठकमा सहभागी धेरै युवा साथी उत्साहित हुनुहुन्छ।’ अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य