२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ साक्षर जिल्ला घोषणा (फोटोफिचर)

२ फाल्गुन २०७४, बुधबार १५:१०

चिसाङ शेर्पा/फागुन २, खोटाङ । खोटाङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । 

समग्र खोटाङ समुन्नतिको निकास ज्ञान, सीप, संस्कार, साक्षरताको विकास नारासहित जिल्लालाई ४४ औं साक्षर जिल्ला घोषणा गरिएको हो ।


नेपाल सरकारको शिक्षा नीति अनुसार १५ देखी ६० वर्ष उमेर समुहको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा बढी साक्षर भएपछि उक्त क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने सरकारको नीति अनुरुप खोटाङमा साक्षरता प्रतिशत ९६.५६ प्रतिशत पुगेकाले बुधवार साक्षर जिल्ला घोषणा गरिएको हो ।

आर्थिक बर्ष २०६७÷०६८ देखी प्रत्येक गाउँविकास समितिमा उच्चतम कक्षा सञ्चालित बिद्धालयको संयोजकत्वमा शिक्षक, विधार्थी, सामुदायिक अध्ययन केन्द्र परिचालन गरी घरधुरी सर्वेक्षणबाट १५ बर्षमाथीको जनसंख्यामा ३१ हजार ६८ जना महिला र १३ हजार ९४ जना पुरुष निरक्षर पाईएपछि निरन्तर भईरहेको साक्षर कार्यक्रमले २०७३÷०७४ मा जिल्लाका सवै गाउँविकास समिति र नगरपालिकालाइ साक्षर घोषणासँगै बुधबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले साक्षरताको प्रतिक चिन्ह अनावरण र साक्षरताको प्रमाणपत्र जिल्ला शिक्षा अधिकारीलाई हस्तान्तरण गर्दै साक्षर जिल्ला घोषणा गरेका हुन् ।


साविकका गाउँ विकास समिति तथा नगरपालिकाको साक्षरता सम्बन्धी तथ्याङ्कलाई हालको स्थानिय तह अनुसार मिलान गर्दा रुपाकोट मझुवागढी नगरपालिकामा ९७.५, हलेसी तुवाचुङ नगरपालिका ९६.४, रावाबेशीं गाउँपालिका ९६.३७, ऐसेलुखर्क गाउँपालिका ९५.७६, केपिलागढी गाउँपालिका ९६.५६, दिपु्रङ गाउँपालिका ९६.५२, जन्तेढुंगा गाउँपालिका ९५.९७, खोटेहाङ गाउँपालिका ९६.५६ र बाराहापोखरी गाउँपालिकामा ९६.८० प्रतिशत गरी जिल्ला भरमा साक्षर प्रतिशत ९६.५६ प्रतिशत पगेको जिल्ला शिक्षा अधिकारी धन बहादुर श्रेष्ठले बताउनुभयो ।


साक्षर जिल्ला घोषणा गरिंदा जिल्लामा अझै ३.४४ प्रतिशत निरक्षर रहेको र निरक्षर जनसंख्यालाई समेत साक्षर बनाउने प्रयास रहेको जिशिअ श्रेष्ठले बताउनुभयो । साक्षरता जिल्ला घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले जिल्लाको निरक्षर संख्यालाई साक्षर बनाउनमा आ–आफ्नो स्थानबाट सहयोग रहने बताएका छन् । 


स्रोतकेन्द्रको आधार अनुसार देशकै सबैभन्दा ठूलो जिल्ला खोटाङमा २७ वटा स्रोतकेन्द्र, ४९१ सामुदायिक विद्धालय, २९ सँस्थागत विद्धालय, २ प्राविधिक विद्धालय, ३४७ बाल किास केन्द्र, ३ समाहित शिक्षाका स्रोतकक्षा, १ खुल्ला विद्धालय, १ परम्परागत विद्धालय, २९ सामुदायिक केन्द्र, ६ क्याम्पस र स्वीकृत दरबन्दी र राहत दरबन्दी गरी २ हजार १ सय ५८ जना शिक्षक, बाल विकास केन्द्रदेखी १२ कक्षासम्म छात्रा २७ हजार ९७४ र २५ हजार ८५१ छात्रगरी कुल ५३ हजार ८२५ बिधार्थी अध्ययनरत रहको शिक्षाले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य