२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ साक्षर जिल्ला घोषणा (फोटोफिचर)

२०७४, २ फाल्गुन बुधबार १५:१०

चिसाङ शेर्पा/फागुन २, खोटाङ । खोटाङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । 

समग्र खोटाङ समुन्नतिको निकास ज्ञान, सीप, संस्कार, साक्षरताको विकास नारासहित जिल्लालाई ४४ औं साक्षर जिल्ला घोषणा गरिएको हो ।


नेपाल सरकारको शिक्षा नीति अनुसार १५ देखी ६० वर्ष उमेर समुहको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा बढी साक्षर भएपछि उक्त क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने सरकारको नीति अनुरुप खोटाङमा साक्षरता प्रतिशत ९६.५६ प्रतिशत पुगेकाले बुधवार साक्षर जिल्ला घोषणा गरिएको हो ।

आर्थिक बर्ष २०६७÷०६८ देखी प्रत्येक गाउँविकास समितिमा उच्चतम कक्षा सञ्चालित बिद्धालयको संयोजकत्वमा शिक्षक, विधार्थी, सामुदायिक अध्ययन केन्द्र परिचालन गरी घरधुरी सर्वेक्षणबाट १५ बर्षमाथीको जनसंख्यामा ३१ हजार ६८ जना महिला र १३ हजार ९४ जना पुरुष निरक्षर पाईएपछि निरन्तर भईरहेको साक्षर कार्यक्रमले २०७३÷०७४ मा जिल्लाका सवै गाउँविकास समिति र नगरपालिकालाइ साक्षर घोषणासँगै बुधबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले साक्षरताको प्रतिक चिन्ह अनावरण र साक्षरताको प्रमाणपत्र जिल्ला शिक्षा अधिकारीलाई हस्तान्तरण गर्दै साक्षर जिल्ला घोषणा गरेका हुन् ।


साविकका गाउँ विकास समिति तथा नगरपालिकाको साक्षरता सम्बन्धी तथ्याङ्कलाई हालको स्थानिय तह अनुसार मिलान गर्दा रुपाकोट मझुवागढी नगरपालिकामा ९७.५, हलेसी तुवाचुङ नगरपालिका ९६.४, रावाबेशीं गाउँपालिका ९६.३७, ऐसेलुखर्क गाउँपालिका ९५.७६, केपिलागढी गाउँपालिका ९६.५६, दिपु्रङ गाउँपालिका ९६.५२, जन्तेढुंगा गाउँपालिका ९५.९७, खोटेहाङ गाउँपालिका ९६.५६ र बाराहापोखरी गाउँपालिकामा ९६.८० प्रतिशत गरी जिल्ला भरमा साक्षर प्रतिशत ९६.५६ प्रतिशत पगेको जिल्ला शिक्षा अधिकारी धन बहादुर श्रेष्ठले बताउनुभयो ।


साक्षर जिल्ला घोषणा गरिंदा जिल्लामा अझै ३.४४ प्रतिशत निरक्षर रहेको र निरक्षर जनसंख्यालाई समेत साक्षर बनाउने प्रयास रहेको जिशिअ श्रेष्ठले बताउनुभयो । साक्षरता जिल्ला घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले जिल्लाको निरक्षर संख्यालाई साक्षर बनाउनमा आ–आफ्नो स्थानबाट सहयोग रहने बताएका छन् । 


स्रोतकेन्द्रको आधार अनुसार देशकै सबैभन्दा ठूलो जिल्ला खोटाङमा २७ वटा स्रोतकेन्द्र, ४९१ सामुदायिक विद्धालय, २९ सँस्थागत विद्धालय, २ प्राविधिक विद्धालय, ३४७ बाल किास केन्द्र, ३ समाहित शिक्षाका स्रोतकक्षा, १ खुल्ला विद्धालय, १ परम्परागत विद्धालय, २९ सामुदायिक केन्द्र, ६ क्याम्पस र स्वीकृत दरबन्दी र राहत दरबन्दी गरी २ हजार १ सय ५८ जना शिक्षक, बाल विकास केन्द्रदेखी १२ कक्षासम्म छात्रा २७ हजार ९७४ र २५ हजार ८५१ छात्रगरी कुल ५३ हजार ८२५ बिधार्थी अध्ययनरत रहको शिक्षाले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा